बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
सोमबार विहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए ।







Discussion about this post