बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढेको छ।
यसदिन नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ विन्दुमा बन्द भएको छ।
बिहीबार अन्तर दिनको कारोबारमा पटक–पटक २८ सयको विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ।
अन्तरदिनको कारोबारमा नेप्से २८ सय ११ विन्दुसम्म पुगेको थियो। २८ सयको विन्दु आसपासमा केही लगानीकर्ताले प्रोफिट बुकिङ थाल्दा नेप्से पुनः ओरालो लागेको हो।
यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनमा बढेको छ।






Discussion about this post