मनसुनको मौसममा रोगको संक्रमण बढ्ने सम्भावना भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ । वर्षायाममा स्वस्थ रहन फलफूल खानुपर्छ । नासपाती एउटा यस्तो मौसमी फल हो जसलाई मनसुनका बेला आहारमा समावेश गर्नु निकै फाइदाजनक हुन्छ ।
यो फल स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि एकदमै लाभकारी हुन्छ । यसमा भिटामिन सी, भिटामिन के, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ ।
मनसुनमा नासपातीको सेवन गर्नाले धेरै प्रकारका मौसमी रोगबाट बच्न सकिन्छ । यसमा क्यालोरीको मात्रा धेरै कम हुने भएकाले तौल घटाउनमा पनि उपयोगी साबित हुन सक्छ।
आउनुहोस्, मनसुनमा नासपाती खानुका फाइदाबारे जानीराखौँ
प्रतिरक्षा बलियो बनाउँछ
शरीरलाई रोगबाट टाढा राख्नको लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु आवश्यक छ । वर्षायाममा नासपातीको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ ।
यसमा भिटामिनहरू र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। यसको नियमित सेवनले धेरै प्रकारका संक्रमण र रोगबाट बच्न सकिन्छ ।
दुखाई कम गर्छ
वर्षायाममा शरीर सुन्निने र दुख्ने समस्या हुन सक्छ । यस्तो अवस्थामा नासपातीको सेवन गर्नु निकै फाइदाजनक हुन सक्छ । वास्तवमा, यसमा एन्टिअक्सिडेन्ट र एन्टीइन्फ्लेमेटरी गुणहरू हुन्छन जसले सुन्निएको कम गर्छ । मनसुनमा जोर्नी दुखाई हुन्छ भने नासपातीको सेवनले त्यसलाई निको बनाउन मद्दत गर्छ ।
पाचन सुधार्छ
मनसुनमा पेटको संक्रमणको जोखिम निकै बढ्छ । पेटको समस्याबाट बच्नको लागि आहारमा नासपाती गर्नु उपयुक्त हुन्छ । यसमा पाइने गुणले पाचन प्रणालीलाई मजबुत बनाउँछ । नासपातीमा पर्याप्त फाइबर हुने भएकाले अपच र कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
वजन घटाउँछ
तौल घटाउनका लागि पनि नासपातीको सेवन लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पेटलाई लामो समयसम्म भरिपूर्ण राख्छ । यो फल खाएपछि चाँडै भोक लाग्दैन जसले गर्दा धेरै खानबाट बच्न सकिन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुने भएकाले यसको सेवनले तौल नियन्त्रणमा रहन्छ ।
मुटुलाई स्वस्थ राख्छ
मुटुको स्वास्थ्यका लागि पनि नासपाती निकै फाइदाजनक हुन्छ । यसले खराब कोलेस्ट्रोलको स्तर घटाउन र शरीरमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ। यसमा पोटासियम हुन्छ । जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। यसको नियमित सेवनले मुटु रोगको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
कतिखेर खाने ?
नासपाती स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो दिनभरिमा जुनसुकै बेला पनि खान सकिन्छ । तर बिहान खाली पेटमा नाशपाती खानु निकै राम्रो मानिन्छ । यसले शरीरलाई धेरै फाइदा पुर्याउन सक्छ र स्वास्थ्य सम्बन्धी धेरै समस्याहरू हटाउन सकिन्छ। तर यदि कुनै रोग छ भने यसको सेवन अघि आफ्नो चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।







Discussion about this post