लौका तरकारी बनाउन प्रयोग गरिन्छ । विश्वका प्रायः सबै ठाउँमा लौकाको उत्पादन हुन्छ । लौका धेरै थरीका हुन्छन् । तरकारीका लागि मात्र नभई लौका औषधीका लागि पनि उपयोगी मानिन्छ । लौकामा पित्त, कफनासक जस्ता गुण पाइन्छन् ।
लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशय सम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ । प्रतिदिन ताजा महसुस गर्नको लागि मसला या नुन मिसाएर लौकाको जुस पिउन सकिन्छ । लौका शरीरको तौललाई छिटो कम गर्नमा सहयोगी हुन्छ ।
लौकाले पाचन सम्बन्धी समस्याको पनि समाधान गर्छ । साथै यो एसिडिटीमा पनि लाभदायी मानिन्छ । लौकालाई भोजनमा सामेल गर्नाले पाचन क्रिया राम्रो हुँदै जाने गर्दछ । लौकाको विभिन्न परिकार सजिलै बनाएर खान सकिन्छ ।
लौकाबाट निम्न लाभहरु प्राप्त गर्न सकिन्छ
रक्त विकार
रक्त विकारमा आधा गिलास लौकाको जुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुँदै जान्छ ।
दाँतको दुःखाई
दातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने । छानेको पानीले कुल्ला गर्ने । दिनमा २/३ पटक यसो गर्नाले दाँतको दुःखाई कम हुन्छ ।
मुटुको रोग
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १० वा २० मि.ली. लौकाको जुस दिनहुँ बिहान पिउनाले फाइदा गर्छ ।
पिलो
पिलो भएको व्यक्तिले दैनिक १५ वा ३० मि.ली.लौकाको जुसमा थोरै मिश्री घोलेर २र३ पटक पिउनाले फाइदा गर्दछ ।
मुत्र नलीको जलन
मुत्र सम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुल्छ र जलन हट्छ ।
अनिन्द्रा
लौकाको रसमा थोरै तिलको तेल मिलाउने । सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसँग मालिस गर्ने । केहि दिनपछि राम्रोसँग निन्द्रा लाग्न थाल्छ ।
रक्तश्राप
रक्तश्रापमा पनि लौका लाभदायक छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठाँउमा लगाउने र पट्टी बाँध्ने। यसले बगेको रगत रोकिन्छ । यसका साथै लौकाको रस पनि पिउने ।
ज्वरो, पित्त र बाथ
ज्वरो आएको बेला २० मि.ली. लौकाको रसमा थोरै मिश्री मिलाएर सेवन गर्दा लाभ हुन्छ । यसले बाथ, पित्तको समस्यामा पनि लाभ पुग्छ ।






Discussion about this post