नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा हालसम्मकै उच्च कारोबार भएको छ। सेयर कारोबार रकमले नयाँ कीर्तिमान रचेको हो । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो ।
नेप्से बढ्दा २१ कम्पनीको शेयरले भने पोजेटिभ सर्किट हानेको छ । प्रि-ओपन सेसनमा ११ अंकले बढेको नेप्से बजार खुल्ला हुन साथ बुलमा गयो । नेप्से १ः२४ सम्म बुलमा रहे पनि त्यसपछि भने नेप्से घट्न पुग्यो । बजार बन्द हुनु भन्दा २ मिनेट अगाडी नेप्से थप झिनो अंकले बढेर बजार बन्द हुँदा ६४.२५ विन्दुमा पुग्यो ।
बुधबार नेप्से २.३८ प्रतिशतले बढ्दा २७६०.९० विन्दु कायम भयो । नेप्से बढेसँगै २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भयो ।
आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छायो । सबैभन्दा बढी फाइनान्स समूहको शेयर बढ्यो । एकै दिन फाइनान्सको शेयर ८.०८ प्रतिशतले वृद्धि भयो । त्यस्तै बैंकिङ १.०४ प्रतिशतले, विकास बैंक ३.२१ प्रतिशतले, होटल एण्ड टुरिजम २.९६ प्रतिशतले, हाइड्रो २.११ प्रतिशतले र इन्भेष्टमेन्ट ६.८९ प्रतिशतले शेयर मूल्य बढ्यो ।
साथै, जिवन बीमा २.१० प्रतिशतले, उत्पादन १.८० प्रतिशतले, लघुवित्त ०.६३ प्रतिशतले, म्युचअल फण्ड १.३० प्रतिशतले, निर्जीवन बीमा १.८७ प्रतिशतले, अन्य समूह ३.९९ प्रतिशतले र ट्रेडिङ समूह २.७६ प्रतिशतले वृद्धि भएको छ ।
सबै समूहमा हरियाली छाउँदा १९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । आज कारोबारले इतिहास कायम गर्दा पनि ४४ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३३२ कम्पनीको २ लाख ३८ हजार २७२ पटक शेयर कारोबार हुँदा ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।






Discussion about this post