काठमाडौं- त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ ।
बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनआयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
कर्णको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको गुरुङले बताए ।







Discussion about this post