HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बच्चालाई तनाब भएको कसरि थाहा पाउने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

घरका जेठोपाको व्यक्तिहरु भन्छन्, ‘मलाई धेरै टेन्सन छ ।’ उनीहरुको टेन्सन घरपरिवार, बालबच्चाको पढाई, करियर, पैसा आदिसँग जोडिन्छ । कतिलाई रोगले टेन्सन दिन्छ, कतिलाई कामको चापले । अहिले टेन्सन नभएको व्यक्ति सायदै होलान् । त्यसैले त बजारमा ‘तनाव व्यवस्थापन’को सूत्र गजव बिक्न थालेका छन् ।

योग गरेर हुन्छ वा प्रवचन सुनेर, तनाव भगाउने यत्नमा जुटेका छन् धेरैजना । तनाव एक मानसिक समस्या हो । तनाव आफै पैदा हुँदैन । जब यसलाई ग्रहण गरिन्छ, तब यसको असर देखापर्छ ।

तनावकै अवस्था हो चिन्ता, पीडावोध । जब तनाव लम्बिदै र हुर्कदै जान्छ, यसले डिप्रेसनको रुप लिन्छ । डिप्रेसनको अवस्था आफैमा गंभिर हो । यसले सम्बन्धित व्यक्तिको दिनचर्या नै अस्तव्यस्त बनाइदिन्छ ।हामी ठान्छौं, टेन्सन ठूला वा जान्नेबुझ्नेलाई मात्र हुन्छ । तर, सत्य फरक छ । अहिले थुप्रै बच्चाको टाउको तनावग्रस्त छ । धेरै तनावको भारी बोकेरै बाल्यकाल गुजारिरहेका छन् । उनीहरुमध्ये कतिपय डिप्रेसनको चरणमा पुगिसकेका छन् । पछिल्लो समय किशोरावस्थाको आत्महत्यालाई मिहिन ढंगले नियाल्ने हो भने पनि नतिजा त्यही देखिन्छ, उनीहरु डिप्रेसनबाट गुज्रिरहेका थिए ।

तनावग्रस्त बच्चा

तनाव जसलाई पनि हुन्छ । कसैलाई कामको तनाव त कसैलाई घरपरिवारको । तर हामी तनाव लिने क्रममा यो विर्सन्छौ की हामीलाई भन्दा बढी तनाव बालबालिकालाई हुने गर्छ ।

विशेषगरी, स्कुल जाने उमेरका बालबालिका झनै धेरै तनावमा रहने गर्छन् ।

तर ‘तनाव भनेको ठूलोलाई पो हुन्छ । बालबालिकालाई पनि कतै तनाव हुन्छ रु’ भन्ने आम धारणाका कारण हामी बालबालिकालाई हुने तनाव महसुस नै गर्न सक्दैनौ । र, जब परिस्थिति असामान्य बन्न थाल्छ तब मात्र हामी उनीहरुको समस्यालाई लिएर चिन्नित हुने गर्छौ । आत्मबोध गर्न थाल्छौ । तर, त्यतिबेलासम्म ढिलो भैसकेको हुन्छ । किनकी बालबालिकामा तनवको समयमै उपचार नगरे यसले उनीहरुको जीवनमा नकारात्मक तथा गहिरो प्रभाव पार्न सक्छ ।

यस्ता तनाव बालबालिकामा शारीरिक एवं भावात्मक संकेत तथा लक्षणका साथ उपस्थित हुने गर्छ । र, सामान्य सावधानी अपनाएर तथा उनीहरुको तनावको कारण पत्ता लगाएर पनि बालबालिकामा हुने तनावलाई कम गर्न सकिन्छ ।

अब धेरैको मनमा एउटा प्रश्न उठ्न सक्छ कि बालबालिकामा तनाव हुनु त राम्रो हो । हो, बालबालिकामा कम मात्रामा तनाव हुनु राम्रो हो । यसले उनीहरुको जीवनमा राम्रो परिणाम दिन्छ । तर अत्याधिक तनावले बच्चामा सोच्ने, कार्य गर्ने र अवस्थालाई मनन गर्ने तरीकालाई प्रभावित पार्ने गर्छ ।

त्यसो त बालबालिकामा चोटपटक, रोग तथा स्वास्थ्य सम्बन्धि अन्य समस्याले पनि तनाव निम्त्याउन सक्छ । त्यसबाहेक, अन्य, कारणले पनि बच्चामा तनाव हुनसक्छ ।

स्कुलको कार्य, ग्रेडबारे चिन्ता
कामको जिम्मेवारी
साथीभाई बीचको प्रतिस्पर्धा
कुनै कुरालाई लिएर साथीभाईको दवाव
स्कुलको माहोल बदलिनु, नयाँ स्कुल , घर परिवर्तन तथा घर नहुनुको पिडा
नकारात्मक विचारको प्रवाह
शारीरिक परिवर्तन
मातापिताको सम्बन्धमा परेको असर
असुरक्षा
बच्चामा तनावको संकेत

बच्चाहरु आफूलाई तनाव भएको थाहा पाउँदैनन् । तर उनीहरुमा आएको परिवर्तन तथा लक्षणका आधारमा मातापिताले उनीहरुमा तनावको लक्षण देख्न सक्छन् ।

शारीरीक लक्षण

भोकको कमी, खानपानमा आउने परिवर्तन
टाउको दुखाई
ओछ्यानमा पिसाब फेर्ने
सपनामा तर्सिने
अनिद्रा
अस्पष्ट पेटको समस्या
अन्य शारीरीक लक्षण
भावना वा व्यवहार सम्बन्धि अन्य लक्षण

डर, चिन्ता
भय
क्रोध
आक्रामक शैली, जिद्धी व्यवहार
आत्तिने, तर्सिने, अध्यारोसित डराउने
छटपटी हुने, आराम गर्नमा समस्या
परिवार वा स्कुलको गतिविधिमा भाग लिन नचाहने
परिवारका सदस्यले कसरी गर्ने मद्दत ?

मातापिता आफ्नो बच्चालाई स्वस्थ तरीकाले तनाव कम गर्न मद्दत गर्न सक्दछन् । त्यसबाहेक, उनीहरुलाई सुरक्षित महसुस गराएर, तनाव कम गर्न सिकाएर, बच्चासित समय व्यतित गरेर पनि यो समस्याबाट उनीहरुलाई बाहिर निकाल्न सकिन्छ ।

त्यसबाहेक, निम्न उपाय अपनाएर पनि बच्चाको तनाव कम गर्न सकिन्छ ।

सुरक्षित महसुस गराउने
पारिवारिक माहोलमा बच्चालाई रम्न सिकाउने ।
बच्चाको लागि रोल मोडल बन्ने । उनीहरुसित स्वस्थ व्यवहार गर्ने ।
बच्चाले के कस्ता कार्यक्रम हेर्छन् त्यसको निगरानी गर्ने । किनकी हिंस्रक कार्यक्रम ताथ गेम शो ले पनि बालबालिकामा डर र चिन्ता पैदा गर्न सक्दछ ।
बच्चालाई घर परिवर्तन वा जागिर परिवर्तनबारे सुचित गर्ने ।
बच्चासित क्वलिटि समय व्यतित गर्ने ।
उनीहरुको कुरा सुन्ने । उनीहरुको समस्या समाधान गर्ने प्रयास गर्ने ।
उनीहरुमा आत्मबल बढाउने । उनीहरुलाई प्रोत्साहित गर्ने । माया गर्ने ।
उनीहरुमा तनावको कारण बुझ्ने प्रयास गर्ने ।

Previous Post

महिला एसिया कप क्रिकेट आज नेपाल र भारत

Next Post

साइकल चलाउने व्यक्तिको स्वास्थलाई निकै फाइदा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
sakal

साइकल चलाउने व्यक्तिको स्वास्थलाई निकै फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.