• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:34:29+05:45303420266 2026-06-04T11:34:29+05:45000000Thu, 04 Jun 2026 11:34:29 +0545Thu, 04 Jun 2026 11:34:29 +0545Asia/Kathmandu630_303406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000029Asia/Kathmandu 620266-11Jun+0545 303406Asia/Kathmandu2930am06p, 0000006ThursdayAsia/Kathmandu2929 262026000000 k620264 3011Asia/Kathmandu 0434ffAsia/KathmanduThu, 04 Jun 2026 11:34:29 +0545Asia/Kathmandu62026-06-04T11:34:29+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:34:29 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 34f ( '303406Asia/Kathmandu2930am06p' === $3026pAsia/Kathmandu || '1780552169' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:34:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:29 +05456 $110630 ? 303406Asia/Kathmandu() : 303406Asia/Kathmandu() + (34630) ( 11Asia/Kathmandu30_2026p303420266( '110630_2026ff29Asia/Kathmandu30' ) * 11+05451780552169R_04_thEC+05454Thuth ); } 34f ( '062629qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:34:29'; } $303406Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552169+0545C' ) : 4p_303406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu( '620264', $303406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:34:29 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:34:29 +05456 $04am30Asia/Kathmandu303406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:34:29 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

टाउको दिनकै दुख्छ? कारणहरु के के हुन् ? कसरी जोगिने ? हेर्नुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो।

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ।

टाउको दुख्नु भनेको आफैंमा रोग होइन। कुनै पनि रोगको लक्षण मात्र हो। यो बिभिन्न कारणले हुन्छ। मेडिकल भाषामा भन्ने हो भने प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ।

प्राथमिक कारणमा पीडा हुने स्थानहरूको अति सक्रियताबाट हुन्छ र यसमा अन्तर्निहित संरचनागत समस्या हुँदैन। जस्तै माइग्रेनबाट हुने टाउको दुखाई, तनावबाट हुने टाउको दुखाई र टाउकाको एकातिर एक्कासी शुरू हुने दुखाईलाई प्राथमिक कारणमा लिन सकिन्छ।

पानी कम खायो भने पनि टाउको दुख्छ। कुनै पनि कारणले ज्वरो आउन सक्छ। ज्वरो आएको बेलामा धेरैजसो टाउको दुखेको हुन्छ।

तनावले गर्दा टाउको दुखेको (टेन्सन हेडयाक) हुन्छ। यो सामान्यभन्दा सामान्य कारणले पनि दुख्छ। जती जती साँझ पर्दे जान्छ टेन्सन हेडयाक बढ्दै जान्छ। हलुका किसिमले टाउको दुखिराख्छ।

त्यस्तै अर्को टाउको दुखाई कुनै रोगको कारणबाट हुन्छ जसले मस्तिष्क आवरण वा धमनीमा समस्या पैदा गर्छ र टाउको दुखेको अनुभूति गरिन्छ। जस्तो कि मेनिन्जाइटिस, इन्सेफ्लाइटिसबाट हुने टाउको दुखाई। अत्याधिक औषधी सेवन (प्रतिक्रियात्मक प्रभाव) द्वारा हुने टाउको दुखाई र पीडा समेत यसमा पर्छ ।

एकदम भारी हुँदैन तर हल्का किसिमले दुखिराख्छ। यसमा कुनै लक्षण पनि हुँदैन। यो दैनिक कृयाकलापले गर्दा हुन्छ। ग्याष्ट्रिकको कारणले पनि टाआँखाको समस्या भयो भने टाउको दुख्छ। कसैले टाढाको हेर्न सक्दैन कसैले नजिकको हेर्न सक्दैन। नजिकको हेर्न खोज्दा स्ट्रेस हुन्छ टाढाको हेर्दा पनि त्यस्तै हुन्छ। यसले गर्दा आँखाको नशाहरु तन्किन्छ। जसले गर्दा टाउको दुख्छ। यसको लागि सामान्य चश्मा लगायो भने ठीक हुन्छ। कतिपय अवस्थामा आँखाको जाँच गराउनुपर्छ।

डिप्रेशनको कारणले पनि टाउको दुख्छ। राति निन्द्रा परेन भने भोलिपल्ट टाउको दुख्छ। यस्तो बेला टाउको भारी हुन्छ। त्यसैले निन्द्रालाई ध्यान दिनुपर्छ । आराम गर्नुपर्छ । आवश्यक मात्रामा निदाउनुपर्छ।

सामान्य रूघा खोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ। बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्छ।

सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ ।

निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ ।

टाउको दुख्ने गम्भीर कारणहरु

टाउकोमा टिउमर हुने, रगत जम्ने भयो भने टाउको दुख्छ। यसमा अलि बढी विचार पुर्‍याउनुपर्छ । विशेष गरी यस्तो अवस्थामा हामीले डाक्टरको सल्लाह लिनुपर्छ।

यदी सामान्य खालको टाउको दुखेको छ भने औषधि प्रयोग गर्न सकिन्छ। टाउँको दुखेसँगै वाकवाक लाग्ने, बान्ता हुने, आँखाबाट पानीहरू झर्ने, रिगंटा लाग्ने, छारे रोग जस्तो काम्ने हुनु गम्भीर रोगका लक्षण हुन्। यस्तो बेलामा तुरून्तै डाक्टरकहाँ सल्लाह लिन जानुपर्छ।

मस्तिष्क को ट्यूमर, आघात वा मस्तिष्कघात, मस्तिष्कको आवरण बीचको ठाउँको रक्तश्राव, उपल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणः जस्तैः पिनास, आँखाका समस्याहरू जस्तैः मोतियाविन्दु, परावर्तित त्रुटीहरू भएको पाइएमा डाक्टरकहाँ जानुपर्छ।

मूर्छा पर्नु, अलमलिनु, बोल्न गाह्रो हुनु, अकस्मात हुने गम्भीर टाउको दुखाई वा पूर्वटाउको दुखाईको अवस्थामा परिवर्तन, केन्द्रित हुन नसक्नु वा दैनिक क्रियाकलाप गर्न नसक्नु, उच्च ज्वरो जस्तैः १०२ डिग्री फरेनहाइटभन्दा माथि आएमा डाक्टरकहाँ जानै पर्छ।

यस्तै पाखुरा, खुट्टा वा अनुहारमा कमजोरी वा पक्षघात भएमा, घाँटीको अरर्रोपना, गर्भावस्था, मस्तिष्कको चोटपटक, दृष्टि क्षय,ज्वरोसँगै वा ज्वरो बिना वान्ता भएमा पनि डाक्टरकहाँ जानुपर्छ।

सामान्य टाउको दुखेको छ त्यसले दैनिक क्रियाकलापमा असर परेको छैन भने त्यसलाई बेवास्ता त गर्नु हुँदैन तर सामान्यत औषधि प्रयोग गर्न सकिन्छ। उमेर अनुसार पनि भर पर्छ। पाँच वर्ष मुनीको बच्चा र पच्पन्न-साठी वर्ष उमेरभन्दा माथिको व्यक्तिलाई टाउको दुख्यो भने चिकित्सक कहाँ जानुपर्छ।

बच्चाहरुलाई कुनै समस्या नभई टाउको दुख्दैन। कतिपयलाई सधै टाउको दुखिरहने समस्या हुन्छ। त्यो टाउको दुखाईको लक्षण परिवर्तन भयो पहिलाकोभन्दा सहनै नसक्ने गरी दुख्यो। पहिला भन्दा लामो समयसम्म दुख्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

उपचार

यो स्पस्ट हुन्छ कि टाउको दुखाइ आफैंमा रोग नभई विभिन्न रोगको लक्षण हो। त्यसैले उपचार पनि सोहीअनुसार गरिनुपर्छ। कुनै रोगको लक्षणको रूपमा उब्जिएको टाउको दुखाइ त्यो रोगको उपचारपछि निको हुने हुन्छ।

टाउको धेरै दुखेको भए टाउकाको सीटी स्क्यान वा मस्तिष्कको एम.आर.आई. वा लम्बर पंक्चर (मेरूदण्ड र मस्तिस्क वरिपरि को तरल पदार्थ को परीक्षणका लागि) सँगै शारीरिक परीक्षण र विगतका कुराहरूको जानकारी लिनुपर्छ। विशेषज्ञ (स्नायुविज्ञ, आँखा विशेषज्ञ) कहाँ पठाउनु पर्ने पनि हुन सक्छ।

अन्य रोगका कारण हुने टाउको दुखाईको उपचार सम्बन्धित रोग अनुसार गरिन्छ। जस्तैः ब्याक्टेरीयाबाट हुने मेनिन्जाइटिस र पिनासका लागि एन्टिबायोटिक। उच्च रक्तचापका लागि रक्तचाप नियन्त्रण, मस्तिष्कमा जमेको पीप वा टयूमरका लागि शल्यक्रिया।

कस्तो औषधी खाने

बिरामीले प्राय:जसो औषधि पसलमा गएर दुखाइ कम गर्ने औषधि किनेर खाने गर्छन् । औषधिको नकारात्मक असर तथा कडा प्रभावबारे प्राय:जसो मान्छेलाई थाहा हुँदैन । त्यसैले चिकित्सकको सरसल्लाह अनुसार औषधि खानुपर्छ ।

सामान्य टाउको दुखेको बेला प्यारा सिटामोल खान सकिन्छ। एकदेखि दुई वटा सिटामोल खाएमा केही हुँदैन। एक पटकमा बढीमा दुई वटा खान सकिन्छ। प्रत्येक ६ घण्टामा दुई वटा चक्की खान सकिन्छ। तर यो क्रमलाई निरन्तरता दिनु हुँदैन। यो सधै खानु हुँदैन। टाउको दुखेको बेला मात्रै खाने हो तर सधै दुखिरह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

कहिलेका काही सामान्य कारणले दुख्यो भने मात्रै यस्तो गर्न सकिन्छ। प्यारासिटामोलले कुनै साइड इफेक्ट गर्देन यसले किड्नीलाई पनि असर गर्देन तर यो सधै प्रयोग गर्नु हुँदैन।

सकेसम्म टाउक दुखेको भन्दै ब्रुफीन खानु हुन्न यसले असर गर्छ। यसको प्रयोग गर्दा अलि धेरै ध्यान दिनुपर्छ। ओपोइ ड्रग्स,कोडीनहरु प्रयोग गर्नेले यसलाई छोड्दा पछि समस्या पर्छ।

माइग्रेनको कारणले दुखेको टाउकोको उपचार भने चिकित्सककै निगरानीमा गर्नुपर्छ। माइग्रेनका कारण दुखेको टाउकोका लागि डिप्रेशनको औषधि र छारे रोग लाग्दा प्रयोग हुने औषधी दिइन्छ।

घरेलु उपचार

टाउको दुखेको घरेलु उपचार हुँदैन तर जे कारणले टाउको दुखेको हो त्यसको पहिचान गरेर सावधानी अपनायो भने टाउको दुख्न कम हुन्छ।

चिसोको कारणले लागेको रुघा खोकीले टाउको दुखेको हो भने चिसोबाट बच्नुपर्छ। यसको लागि न्यानो कपडा,तातो पानीको प्रयोग गर्नुपर्छ। चिसो खानेकुरा खान भएन। पिनासको कारणले टाउको दुखेको छ भने तातो पानीको बाफ लिने गर्नुपर्छ। थकाई र तनावले टाउको दुखेको बेलामा आराम गर्‍यो भने टाउको दुख्न कम हुन्छ। निन्द्रा नपुगेर टाउको दुखेको छ भने निन्द्रा पुर्‍याउन पर्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ।

चुरोट, रक्सीको प्रयोग गर्नु हुँदैन। धेरै चिया कफी पनि खानु हुँदैन। रातको समयमा चिया/कफी खाएमा यसले निन्द्रा लाग्दैन अनि टाउको दुख्छ।

बिरामीले केले गर्दा टाउको दुखाइ बढेको हो, त्यस्तो खानेकुरा, बानीबेहोरामा ध्यान दिनुपर्ने हुन्छ।

बिरामीले भोको बस्नु, व्रत गर्नु तथा घाममा घुम्नुहुँदैन ।

बिरामीले सन्तुलित आहार खानुपर्छ र प्रतिदिन सामान्य व्यायाम गर्नुपर्छ ।

प्रत्येक दिन एउटै समयमा र ६ देखि ८ घण्टासम्म सुत्नुपर्छ ।

बिरामीले कफी, रक्सी, चकलेट, कोकाकोला तथा पनिरको सब्जी इत्यादि खानुहुँदैन ।उको दुख्छ। उच्च रक्तचापको कारणले पनि टाउको दुख्छ। उच्च रक्तचापको औषधि खानेहरुलाई औषधि नखाएको बेलामा अथवा उच्च रक्तचाप हुन सुरु गर्‍यो भने पनि टाउको दुख्छ।

Previous Post

हिन्दु धर्मका अनुसार साउनमा कपाल काट्नु नराम्रो

Next Post

कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले घट्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले घट्यो

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In