HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिलाको पाठेघर किन खस्स समस्याका कारण र रोकथामका उपाय यी हुन

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पाठेघरलाई अड्याउने वरिपरिका मासंपेशी र तन्तुहरु कमजोर हुन गई पाठेघर आफ्नो ठाउँ भन्दा तल योनीसम्म वा योनिबाट बाहिर निस्कने अवस्थालाई पाठेघर वा आङ्ग खस्नु भनिन्छ। यो समस्या नेपालको पहाडी तथा दुर्गम भेगका महिलाहरुमा धेरै हुने गरेको पाइएको छ।

पाठेघर वा आङ्ग खस्ने समस्याका कारणहरु

१.स्वास्थ्य संस्थामा प्रसूती नगराउनु।
२.बच्चा वा साल निकाल्न बेस्सरी पेट थिच्नु।
३.बच्चा जन्माउँदा पाठेघरको मुख पुरा नखुलिकन बल गर्नु।
४.सुत्केरी अवस्थामा गर्हौं भारी उठाउने र टुक्रुक्क बसेर काम गर्नु।
५.किशोरावस्थामा बच्चा जन्माउनु।
६.धेरै बच्चा जन्माउनु , गर्भान्तर दुई वर्षभन्दा कम राख्नु।
७.गर्भवती वा सुत्केरीले उचित पोषणयुक्त खाना र आराम नपाउनु। ८.धुम्रपान तथा मद्यपान गर्नु।
९.लामो समयसम्म खोकी लागिरहनु वा कब्जियत हुनु।
१०.गलत तरिकाले पटुका बाध्नु।पाठेघर खस्ने समस्याका लक्षणहरु
१.योनीमा अप्ठ्यारो वा केही चिज/डल्लो बाहिर निस्किए जस्तो महसुस हुनु।
२.तल्लो पेट र योनी मार्गमा भारीमा महसुस हुनु।
३.खोक्दा ,हाच्छिउँ गर्दा पिसाब चुहिनु र केही चिज योनिबाट बाहिर निस्किए जस्तो हुनु।
४.छिनछिनमा पिसाब लाग्नु र पिसाब थैली नरितिए जस्तो हुनु।
५.तल्लो पेट र ढाड दुख्नु।
६.यौन सम्पर्क गर्दा अप्ठ्यारो महसुस हुनु।
७.पिसाब वा दिशा गर्ने बेला योनिबाट निस्केको डल्लो हातले भित्र ठेल्नु पर्ने हुनु।
८.निस्किएको डल्लोमा घाउ भई पिप÷रगत बग्नु।
११.यौन तथा घरेलु हिंसाको सिकार भई प्रजनन् अंगमा प्रभाव पर्नु। पाठेघर खस्ने समस्याको रोकथाम
१.कम उमेरमा बच्चा नजन्माउने।
२.गर्भ निरोधक साधनको प्रयोग गरेर कम्तिमा दुई वर्ष गर्भान्तर राख्ने साथै धेरै बच्चा नजन्माउने।
३.गर्भवती र सुत्केरी अवस्थामा साग,गेडागुडी,दूध,फलफूल ,अण्डा माछा मासु आदि पोषिलो खानेकुरा खाने।
४.स्वास्थ्य संस्थामा सुत्केरी गराउने।
५.गर्भवती र सुत्केरी अवस्थामा गह्रौं भारी नबोक्ने तथा पर्याप्त आराम गर्ने।
६.पेल्भिक व्यायाम तथा हल्का शारीरिक व्यायाम गर्ने।
७.धुम्रपान तथा मद्यपान नगर्ने।
८.पाठेघर खसेको शंका लागेमा स्वास्थ्य परीक्षणमा जाने।
९.लामो समयसम्म खोकी लाग्ने तथा कब्जियत भएमा परीक्षण गराउने।

पाठेघर खस्ने समस्याको उपचार
पेल्भिक व्यायाम:
पेल्भिक मांसपेशीलाई बलियो बनाउनका लागि योनी र योनी वरिपरिको मांसपेशी १० सेकेन्ड सम्म खुम्च्याउने र छोड्ने गर्नुपर्छ। यो प्रक्रिया १० पटकसम्म गर्नुपर्छ र दिनको ३ पटक कम्तीमा ३ महिनासम्म गर्नुपर्छ। यो व्यायाम सुत्दा, उठ्दा बस्दा जति बेला पनि गर्न सकिन्छ।

रिङ्ग पेसरी:
महिलाको योनी भित्र राखिने चुरा आकारको रिंगले पाठेघरलाई अड्याउछ। यो शल्यक्रिया गर्न नचाहने र अरु रोगको कारणले शल्यक्रिया गर्न नमिल्न महिलाको लागि उपयुक्त हुन्छ।

स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र रिङ्ग पेसरी राख्न सकिन्छ।

शल्यक्रियाः
बिरामीको अवस्था अनुसार चिकित्सकहरुले शल्यक्रिया गर्न सक्छन्।

Previous Post

यदि आँखाले टाढाको अक्षर देख्दैन भने यसरि बढ्छ आँखाको तेज

Next Post

२६ महिनायताकै उच्च विन्दुमा नेप्से, ७ अर्ब ६२ करोड रुपैयाँको कारोबार

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

२६ महिनायताकै उच्च विन्दुमा नेप्से, ७ अर्ब ६२ करोड रुपैयाँको कारोबार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.