HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

खाली पेटमा खानुस् लसुन, मिल्नेछ चमत्कारिक लाभ यी हुन् फाइदाहरू

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । लसुन, जुन हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ । तरकारीको स्वाद र बास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग मात्र जोडिएको छैन । खाली पेट लसुन खानुको थुप्रै फाइदा छन् । यदि हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने, त्यो अमृतसमान हुन्छ । त्यसको लागि एउटै सर्त हो, बिहान खाली पेटमा सेवन गर्नुपर्छ ।

के हुन्छ लसुनमा ?
लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा हुन्छ । यसमा खास गरी भिटामिन बि १, बि ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि शरिर सुरक्षित रहन्छ । साथै इनर्जी पनि मिल्छ ।

कसरी खाने ?
संभव भएसम्म लसुन विहानै खानुपर्छ, खाली पेटमा । लसुनलाई काँचो खानु बढी प्रभावकारी हुन्छ । किनभने पकाइएको लसुनमा औषधिय गुण एकदमै कम हुन्छ । यसको प्राकृतिक एन्टिबायोटिक गुण प्राप्त गर्नका लागि खाली पेटमा सेवन गर्नुपर्छ ।

कोलोस्टोर घटाउनदेखि उच्च रक्तचाप रोक्नसम्म
आर्युवेदमा लसुनलाई जवान रहने औषधी मानिन्छ । साथै यसले केहि रोग जस्तै पायल्स, कब्जियत, कानको दुखाई, उच्च रक्तचाप, अरुचीमा उपयोगी हुन्छ । लसुन एक महत्वपूर्ण एन्टिवायोटिक पनि हो ।

कोलेस्टोर नियन्त्रण गर्न
कोलेस्टोर नियन्त्रणका लागि लसुन निकै प्रभावकारी मानिन्छ । बिहान खाली पेटमा लसुनको केस्रा सेवन गर्नुपर्छ ।

उच्च रक्तचाप नियन्त्रण
बिहान खाली पेटमा लसुन सेवन गर्दा रक्त प्रवाह नियमित हुन्छ । यसले हृदय सम्बन्धी समस्या हटाउँछ । लसुनले रक्त नलीलाई चौडा बनाइदिन्छ, त्यही कारण रक्त प्रवाह सजिलो हुन्छ । जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले खाली पेट काँचो लसुन सेवन गर्नुपर्छ ।

यदि लसुनको स्वादमा रुची छैन भने लसुन सेवन गरिसकेपछि एक गिलास दुध सेवन गर्नुपर्छ । चिकित्सकको परामर्श अनुसार लसुनको सप्लिमेन्ट पनि लिन सकिन्छ ।

हृदयलाई स्वस्थ्य राख्न
हृदयलाई स्वस्थ्य राख्नका लागि लसुन एकदमै उपयोगी हुन्छ । यसले रक्त प्रवाहलाई सुचारु गराउँछ, कोलेस्टोर नियन्त्रण गर्छ । यहि कारण हृदयरोगको भयबाट बचाउँछ । मुटुलाई स्वस्थ्य राख्नका लागि दिनहुँ दुई केस्रा काँचो लसुन पिसेर सेवन गर्नुहोस् ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन
लसुनमा भिटामिन सि, बि ६, म्यानिज र सेलेनियम हुन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुनमा रहने एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोवियल गुणले शरीरमा रोग लाग्न दिदैन ।

फंगल इन्फेक्सनको विरुद्ध
लसुनमा शक्तिशाली एन्टिफंगल गुण हुन्छ, जसले दाद, चिलाउने लगायतकासँग लड्ने क्षमता राख्छ । यो केन्डिया नामक इन्फेक्सनसँग पनि लड्छ । जहाँ इन्फेक्सन भएको त्यहाँ लसुनको तेल लगाउनुपर्छ । काँचो लसुन नियमित रुपमा सेवन गर्नुपर्छ ।

एलर्जीसँग लड्न
लसुनमा रहेको एन्टिभाइरल र एन्टि इन्फ्लेमेटरी गुणले शरीरमा विभिन्न प्रकारका एलर्जीसँग लड्न मद्दत गर्छ । एलर्जीको कारण श्वास नली सुन्निने समस्यामा समेत लसुन उपयोगी मानिन्छ ।

पेट सम्बन्धी समस्यामा
पेट सम्बन्धी समस्या हटाउनका लागि लसुन उपयोगी हुन्छ । यसका साथै लसुनको सेवनले पेटमा रहेको विषाक्त पदार्थ सफा गर्छ ।

दाँतको लागि
यदि दाँतको दुखाईबाट पीडित हुनुहुन्छ भने, लसुनको एक केस्रा पिसेर दाँत दुखेको स्थानमा लगाउनुहोस् । केहि समयपछि दुखाई कम हुन्छ । किनभने लसुनमा एन्टी ब्याक्टेरियल र दुखाई कम गर्ने गुण हुन्छ ।

अरुची घटाउँछ
यदि खानेकुरामा अरुची छ भने त्यसको राम्रो समाधान हो, लसुन । बिहान नियमित रुपमा लसुन प्रयोग गर्नुहोस्, यसले पाचन यन्त्र ठीक हुन्छ ।

सावधानी
लसुन सेवन गरेपछि त्यसको साइड इफेक्ट जस्तै, सुन्निने, पेट फुल्ने, ग्याष्ट्रिक हुने, पेटको खराबी हुने, सास गन्ध आउने हुन सक्छ । यसले रगतलाई पातलो बनाउँछ । त्यसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेकाहरुले यसको सेवन गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

Previous Post

बस बेपत्ता : खोजी कार्य स्थगित, आज ३ वटा सव भेटियो

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,असार ३० गते आइतवार हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,असार ३० गते आइतवार हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.