मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ। महाशाखाकाअनुसार अहिले मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग आसपास रहेको छ । अब यो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले हिजो बेलुका मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो ।







Discussion about this post