रामेछाप मन्थली नगरपालिका-७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ।
मन्थलीबाट खाँडादेवी गाउँपालिका-९ पिङ्खुरीतर्फ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको जिप मंगलबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।
बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको न्यौपानेले बताए।
उनका अनुसार मृत्य हुनेमा मन्थली-७ कल्लेरी गणेशथान बस्ने ६५ बर्षीय माया बिकको घटना स्थालमै मृत्यु भएको र अन्य गाडीमा सवार १० जना घाइते भएका बताएको छ।
घाईतेहरुलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पतालतिर पठाएको उनको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र यसबारे थप अनुसन्धान भइरहेको छ।







Discussion about this post