मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ। प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रुहरु पराजित हुनेछन्। पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ। विद्यार्थीले पढाई तथा परिक्षाबाट राम्रो नतिजा हात पार्न सक्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएकाहरुका लागि आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ। पठनपाठनमा प्रगतिका साथै आजको परिक्षा उत्तीर्ण गर्न सक्ने योग छ। मिठो भोजनका साथै पारिवारिक भेटघाटले मन प्रशन्न रहन सक्छ। प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ । काममा सहकर्मीबाट हुन सक्छ। स्वास्थ्य कमजोर रहनुका साथै खर्च पनि बढ्न सक्छ। विद्यार्थीले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ। शेयर बजारबाट आज घाटा हुन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा केहि असमझदारी आउन सक्ने भएकाले ध्यान दिंदा राम्रो हुन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । अध्ययनको क्षेत्र राम्रो रहनुका साथै परिक्षा उत्तीर्ण गर्ने समय छ । स्वास्थ्य राम्रो रहनुका साथै प्रेम तथा पारिवारिक जीवन पनि सुखमय रहन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ। अध्ययन अध्यापनको क्षेत्र पनि आज राम्रो रहन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि आज पनि समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला। आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ। विद्यार्थीले पढाईमा ध्यान केन्द्रित गर्न सक्ने नतिजा राम्रो आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ। पढाईमा उचित ध्यान दिन नसक्दा परिणाम राम्रो नआउँन सक्ने भएकाले ध्यान दिनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ । पठनपाठन पनि आज राम्रो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)






Discussion about this post