‘हेर्दा फूर्तिलो, शरीरमा कुनै रोग लागेको समेत सुन्नु परेको थिएन, तर फलानोको राति अचानक मृत्यु भयो ।’
यस्ता खबर बेलाबखतमा सुन्ने र देख्ने गरिन्छ । जसको उदाहरणका रुपमा चर्चित भारतीय अभिनेता सिद्धार्थ शुक्लाको मृत्युलाई लिन सकिन्छ ।
उनको ४० वर्षको उमेरमा निधन भएको थियो । उनले राति असहज महसुस गरे र औषधि खाएर सुत्न गए । तर भोलिपल्ट बिहान उठेनन् । उनकी आमाले उनलाई उठाउने धेरै प्रयास गरिन्, तर सिद्धार्थले जवाफ दिएनन्, किनकि उनको मृत्यु भइसकेको थियो । चिकित्सकले उनलाई मृत घोषित गरे ।
यसरी उपचाररत नरहेका वा नथलिएका व्यक्तिको एक्कासि किन मृत्यु हुन्छ ?
अप्रत्यासित मृत्यु हुने कारण एउटा मात्र होइन, धेरै छन् । जसमध्ये यी चार कारण प्रमुख हुन् ।
कार्डियाक एरिथमिया
मुटुको धड्कनको कम्पन अचानक अनियमित हुनु कार्डियाक एरिथमिया हो । यो विना कुनै अग्रिम संकेत पनि हुनसक्छ ।
सामान्यतया मुटुको धड्कन प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । जब मुटुको धड्कन नियन्त्रण गर्ने मुटुको विद्युतीय संकेतमा समस्या हुन्छ र राम्रोसँग काम गर्दैन । यस्तोमा मुटुको कुनै भागमा वा रगत पम्प गर्न समस्या भएको हुनसक्छ ।
जसकारण मुटुको धड्कन धेरै छिटो वा ढिलो धड्किन थाल्छ । यसरी मुटुको चालमा अनियमितता आउनु कार्डियाक एरिथमिया हो । यस्तो अवस्थामा एक्कासि टाउको दुख्ने, थकान लाग्ने, चक्कर लाग्ने, मुटु ढुकढुक गर्ने, पसिना आउनु, छाती दुखेर सास फेर्न कठिनाइ हुने, बेहोस भई भुईंमा लडेर घटनास्थलमै मृत्यु हुनसक्छ ।
कारण
धेरै रक्सी वा कफी पिउने, धुम्रपान गर्ने, तनाव वा चिन्ता लिने, धेरै खाने, कडा व्यायाम गर्ने र तापक्रममा तीव्र उतारचढ़ाव, इलेक्ट्रोलाइट (सोडियम, पोटासियम, म्याग्नेसियम वा क्याल्सियम)मा असन्तुलन, स्लीप एपनिया युवाहरूमा एरिथमिया हुने सबैभन्दा सामान्य कारण हुन् ।
किनकि माथि उल्लेखित क्रियाकलाप र शारीरिक अवस्थाले मुटुको चालमा अनियमितता ल्याउन सक्छ । फलस्वरुप कार्डियाक एरिथमिया हुनसक्छ ।
हृदयघात
सामान्यतया हृदयघात हुनुलाई चिकित्सकीय भाषमा मायोकार्डियल इन्फार्कसन पनि भनिन्छ । यो तब हुन्छ जब कोलेस्टेरोल, क्याल्सियम, बोसो र रगत जम्न गई कोरोनरी धमनीहरूमा साँघुरिन्छ ।
जमेको रगतको थेग्लाले धमनी साँघुरिएर थुनिदिंदा वा थुनिएको भाग भन्दा अगाडिका अक्सिजन र पोषण तत्वको अभाव भई हृदयको मांसपेशीहरु मर्न थाल्छन् । मृत र नेक्रोटिक मुटुको पर्खालले अक्सिजनयुक्त रगतलाई धमनीबाट शरीरका अन्य भागमा धकेल्न सक्दैन । यसले एरिथमिया, मुटु फेल, मुटुको मांसपेशी फुट्ने, गम्भीर रक्तस्राव निम्त्याउने जोखिम हुन्छ । जसकारण हृदयघात र आकस्मिक मृत्युको जोखिम बढाउँछ ।







Discussion about this post