काठमाडौं- देशभर मनसुनी वायु सक्रिय रहँदा र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छँदा आज ६ वटा प्रदेशमा मुसलधारे वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ। साथै, कोशीका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।






Discussion about this post