HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वर्षायाममा दही खाँदा केही साइड इफेक्ट हुन्छ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
dahi

dahi

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दही पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा हो । यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । दहीमा क्यालोरी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, चिनी, क्याल्सियम, फस्फोरस, राइबोफ्लेभिन, भिटामिन बी १२ र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । नियमित रूपमा दहीको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

तर यसलाई सन्तुलित मात्रामा र उचित तरिकाले मात्रै सेवन गर्नुपर्छ । दही खानुका अनेक फाइदा छन् ।दहीको सेवनले पाचनमा सुधार गर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।हड्डी र दाँतलाई पनि यसले बलियो पार्छ । तौल घटाउन मद्दत गर्छ । मुटुको स्वास्थ्यको लागि यो राम्रो हो ।

छालाको लागि पनि लाभदायक छ । तर, दहीको सेवन सही मात्रामा र सही समयमा गर्नु जरुरी छ । मनसुनमा दहीको सेवन केही मानिसका लागि समस्याकारी हुन सक्छ भनेर आयुर्वेदले भन्छ ।

दही खाने सही समय
आयुर्वेदमा दही खानेबारे समयबारे सल्लाह दिइएको छ । दही बिहान वा दिउँसोको खानामा खानुपर्छ । राती दही खानु हुँदैन ।

आयुर्वेदले वर्षायाममा भने दहीको सेवन निषेध गरेको छ । यसका केही आयुर्वेदिक कारण पनि छ । वर्षायाममा दही खाँदा केही साइड इफेक्ट हुने बताइन्छ ।

मनसुनमा दही खान नहुनुको कारण र नोक्सान
मनसुनको मध्यमा आउँछ साउनको महिना । आयुर्वेदका अनुसार यो महिनामा शरीरको दोष सन्तुलित हुँदैन ।

शरीरमा वायु बढ्छ र पित्त जम्मा हुन थाल्छ । मनसुनमा पेटसँग सम्बन्धित धेरै प्रकारका समस्या देखिन सक्छ ।

दही पाचनका लागि राम्रो भए पनि साउनमा दहीको सेवनले शरीरको छिद्र बन्द गराउन सक्ने अनि कयौँ प्रकारका शारीरिक समस्याहरू निम्त्याउन सक्ने आयुर्वेदले भन्छ ।

दहीलाई चिसो र भारी मानिन्छ । वर्षाको समयमा यसलाई खाँदा कफ दोष बढ्न सक्छ । यसका कारण चिसो, खोकी, घाँटी दुख्ने जस्ता समस्याहरू निम्तिन सक्छ । मनसुनको समयमा वातावरणमा आर्द्रता र तापक्रमका कारण ब्याक्टेरिया र अन्य रोगका ब्याक्टेरिया बढ्न सक्छ । त्यसैले दहीलाई राम्रोसँग सुरक्षित रूपमा राख्नु पर्छ ।

सावधानी अपनाउनु पर्ने कुराहरू
– सङ्क्रमणको जोखिम कम गर्न मनसुनको समयमा ताजा र सुरक्षित तरिकाले राखिएका दहीको मात्रै सेवन गर्नुस् ।

–अत्यधिक मात्रामा दही नखानुस् । खासगरि रातिको समयमा धेरै दही खाँदा पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

–दही खाएपछि असजिलो महसुस हुन्छ वा एलर्जी हुन्छ भने पनि यसको सेवन बन्द गर्नुपर्छ ।

Previous Post

स्वाद मात्रै बढाउँदैन हरियो धनियाँले, यस्ता छन् फाइदा

Next Post

राप्ती नदीमा बेपत्ता दुवै जनाको शव भेटियो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

राप्ती नदीमा बेपत्ता दुवै जनाको शव भेटियो

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.