HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दाङमा श्रीमान खोज्न हिँडेकी ७ महिनाकी गर्भवती सम्झनालाई नदीले बगायो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ मटेराकी १९ वर्षीया सम्झना चौधरी बुधबार बिहानै श्रीमान खोज्न निस्किएकी थिइन्।

सम्झनाले अंकलको ७ वर्षीय छोरा रोहनलाई पनि साथमै लिएर श्रीमान रोशन चौधरीको खोजीमा निस्किएकी थिइन्। २० वर्षीय रोशन गएराति घर आएका थिएनन्। उनको मोबाइलमा सम्पर्क पनि हुन सकिरहेको थिएन। त्यसैले सम्झना एकाबिहानै श्रीमानको खोजी गर्न भन्दै छोरा रोहनलाई साथमा लिएर गएकी थिइन्।

रोशनको फुपूको घर बबई नदी पारी थियो। सम्झनाले पक्कै पनि श्रीमान फूपुको घर गएको हुनुपर्छ भन्ने लख काटिन्। सम्झना ७ महिनाकी गर्भवती थिइन्।

जिल्लामा भइरहेको वर्षाका कारण बबई नदीमा बाढी आएको थियो। श्रीमानको सुर्तामा हिँडेकी सम्झनालाई त्यो बबईको बाढी सामान्य लाग्यो। सजिलै तर्छु भन्ने विश्वास थियो होला। छोरा रोहन र सम्झना सँगै बबई तर्न थाले। यो बिहान ८ बजेतिरको कुरा हो। थोरै मात्रै के पाइला चालेका थिए रोहनको कम्मरमाथि बाढी पुग्नै लाग्यो।

सम्झनाले रोहनलाई पछाडि हुत्याउँदै फर्किएर किनारमा जान भनिन्। सायद बाढी ठूलो भएका कारण रोहनलाई कसरी तारौंला भन्ने सोच उनको मनमा आयो होला।
सम्झनाको कुरा सुनेर रोहन किनारतिर फर्किन थाले। तर, सम्झनालाई अझै पनि त्यो बबईको बाढी सजिलै तर्न सक्छु भन्ने लागेको थियो। रोहनले जसै फर्किएर नियाले सम्झना डुब्दै तैरिँदै गरेको देखे।

बालक रोहन कराए। गुहार मागे। तर, त्यो बबई किनारमा उनको पुकारा सुन्ने कोही थिएन। रोहन दौडिएर घर फर्किंदै घटना क्रम सुनाए। त्यसपछि गाउँमा हल्ला खल्ला भयो। गाउँका मानिसहरु भेला भए। प्रहरी प्रशासनलाई सूचना गरे।

सम्झनाको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जना र इप्रका मलवारबाट प्रहरी नायब निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोली तत्कालै खटियो। सम्झनाको खोजीमा गाउँ घरका मानिसहरू पनि उत्तिकै गएका थिए। पछि प्रहरी प्रशासनबाट पनि टोली थपिए।

खोजी गर्दै जाने क्रममा बगेको ठाउँदेखि झन्डै २० किलोमिटर दक्षिणमा सम्झनाको शव फेला पर्‍यो।

तुलसीपुर–१४ मटेरास्थित बबई नदी तर्ने क्रममा बगेकी सम्झनाको शव दंगीशरण गाउँपालिका–१ बैबाङस्थित पुलमुनि दिउँसो मात्रै फेला परेको खोजी कार्यमा खटिएका प्रहरी निरीक्षक थापाले जानकारी दिए।

काममा गएका श्रीमान राति पानी परेको हुँदा फुपूको घरमा नभई अंकल नाता पर्ने आफन्तको घरमा बास बसेको खुलेको छ। सात महिनाकी गर्भवती सम्झनाको बाढीले बगाएर मृत्यु भएपछि उनका श्रीमान साथै गाउँ, घर परिवार र आफन्त शोकमा डुबेका छन्।

Previous Post

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

Next Post

अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई निकै फाइदा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई निकै फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.