जाजरकोटमा माछा मार्न गएका शिक्षकलाई खोलाले बगाउँदा मृत्यु भएको छ।
मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका-९ का घर भइ कालिका माविमा कार्यरत ३८ वर्षीय शिक्षक इन्द्र बहादुर रोकाय रहेका छन्।
शनिवार राति-११ बजे कुशे गाउँपालिका-१ पागेचौरस्थित चैयाखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
खोलाले बगाएका रोकायको शव भेटिए पछि प्रहरीले उनको मृत्युको पुष्टि गरेको हो।







Discussion about this post