बुधबार बिहान नेपालले आईसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे नेपाल र श्रीलंका भिड्दै छन् । वर्षाका कारण टस हुन नसकेपछि खेल केही ढिलामात्र सुरु हुने भएको छ ।
समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्। अहिले वर्षा रोकिएको छ । मैदान सफा भएपछि टस हुने आईसीसीले जनाएको छ ।
श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो।
श्रीलंका तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स छन्।
तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंका अंकबिहीन छन्।
नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।







Discussion about this post