बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा विवाह बन्धनमा बाँधिने भएकी छिन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी सोनाक्षीले जहीर इकबालसँग विवाह गर्ने भएकी हुन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार २३ जुनमा दुबैजनाले विवाह गर्ने तय भएको छ। सोनाक्षीको विवाहमा पारिवार र केही साथी मात्रै उपस्थित हुनेछन्।
परिवारको अनुमतिमा दुबैजनाले मुम्बईमा विवाह गर्ने बताइएको छ।






Discussion about this post