कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेप्से बिहीबार १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको हो।
होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्यबाहेक सबै समूहको शेयर घटेपछि नेप्सेमा गिरावट आएको हो।
बिहीबार फाइनान्स, उत्पादन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। माई खोला हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ। यद्यपि इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।
बिहीबार तीन सय २२ वटा कम्पनीका ८८ लाख १३ हजार कित्ता शेयर ४ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ।
सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।






Discussion about this post