HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मानिस किन दुब्लो हुन्छ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
dublo

dublo

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रश्न: मेरो उमेर २७ वर्ष भयो, तर असाध्यै दुब्लो छु। जति गरे पनि मोटाउन सकिएन। के कारणले दुब्लो भएको होला? – आर पी
डा मिलेशजंग सिजापतीको जवाफ: कस्तो व्यक्तिलाई दुब्लो भन्ने कुराको निर्धारण तौलले गर्छ, जसलाई ‘बडीमास इन्डेक्स’ भनिन्छ। यो १८.५ बिएमआईभन्दा कम भयो भने त्यस्ता व्यक्तिलाई दुब्लो र २४.९ बिएमआई भन्दामाथि भएमा त्यसलाई मोटोपन भनिन्छ। सामान्यतया मानिसको तौल १८.५ देखि २४.९ बिएमआई हुनुपर्छ। बिएमआई गणना गर्न तौललाई उचाईले भाग गर्नुपर्छ।

युवा अवस्थामा दुब्लो हुनु सामान्य कुरा हो। यो किशोरावस्थामा पुग्दा हुने परिवर्तनको नतिजा हो। किशोरावस्थामा शरीरले पहिलेभन्दा छिटोछिटो पौष्टिक पदार्थ खर्च गर्छ। मानिस दुब्लाउनुको पहिलो कारण खाना नै हो। खानामा पौष्टिक तत्वको कमी, अरुची, समयमा या लामो समयसम्म नखाने वा पेटभर नखाने, डाइटिङ्ग गर्ने जस्ता कारण दुब्लो र ख्याउटे बन्नसक्छ। विशेषगरी भन्नुपर्दा इनर्जी धेरै खर्च हुने र इनर्जी बचत कम हुने हुँदा व्यक्ति दुब्लाउँछ।
त्यस्तै विभिन्न खाले रोग पनि दुब्लाउनुका कारण हुन सक्छन्। यद्यपि बढी मोटो हुनु राम्रोे होइन, तर उमेर र उचाइअनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ।
त्यसैगरी, हर्मोनल रोगहरु जस्तै मधुमेह, थाइराइड, एडिसन डिजिज, श्वासप्रश्वासका बिरामी धेरै नै दुब्ला हुने गर्छन्। मुटु, हृदयाघात तथा डिप्रेशन बिरामी पनि दुब्लाउँदैं जान्छन्। इन्फेक्सन, क्षयरोग ९टी।वी०, एचआइभी/एड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारक बन्छन्। क्यान्सरको प्रमुख लक्षण नै मानिसको तौल घट्दै जाने हो।

क्यान्सर लागेमा क्यान्सर सेलले हर्मोन निकाल्छ। त्यसलाई प्यारान्यु प्लास्टिक सिन्ड्रोम भनिन्छ। यो हर्मोन तथा क्याटेक्सीनका कारण तौल घट्दै जान्छ। क्यान्सरका बिरामीको पाचन शक्ति पनि कम भएर जाने हुँदा अरुची पनि बढ्दै जान्छ। जसले गर्दा क्यान्सरका बिरामीहरू दुब्लाउँदै जान्छन्।

थाइराइड हाइपो र हाइपर गरी दुई प्रकारका हुन्छन्। हाइपो थाइराइडका कारण बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जान्छन्। हाइपर थाइराइडमा हर्मोनका कारण बिरामी दुब्लाउदै जान्छन्। जसले मुटुको चाल तथा वेसल मेटावोलीक रेट बढाउने गर्छ।

बच्चा समयभन्दा पहिला नै जन्मेको छ भने पनि दुब्लो हुन्छ। यसको वृद्धि विकास राम्रोसँग हुन सक्दैन। त्यस्ता बच्चामा पाचन शक्तिमा कमी हुन्छ भने जेनेटिक कारण पनि दुब्लो हुने हुन्छन्। बच्चाहरुलाई प्रशस्त मात्रामा पौष्टिक तत्वको कमी हुँदा दुब्लो हुनेगर्छन्। त्यसकारण बच्चाको वृद्धि विकासका लागि खानामा विशेष ध्यान दिनुपर्छ।

यदि मानिस निरन्तर दुब्लाउँदै गएको छ या तौल घट्दै गएको छ भने एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ। दुब्लायो भन्दैमा कति केजी तौल घटेमा त्यसलाई दुब्लायो भन्ने यो कुरा बुझ्न जरूरी छ। १८० दिनमा १० प्रतिशत तौल कम भएको छ भने एकपटक चिकित्सकसँग परामर्श लिनुपर्छ। किनभने तपाईलाई कुनै पनि किसिमको हर्मोनल रोगका कारण यस्तो भएको हुनसक्छ। खानाको अरुची या कुनै किसिमको रोगका कारणले हो, त्यसको निराकरण गर्नुपर्छ।मोटा व्यक्ति तौल कम गर्न डाइटिङ्ग गर्ने गर्छन्। जसका कारण पनि कहिलेकाही धेरै नै दुब्लाउने हुन्छ। डाइटिङ्ग गर्दा शरीरलाई चाहिने शक्ति कम हुन्छ। नियमित व्यायाम गर्ने व्यक्तिलाई दैनिक २१०० क्यालोरी र व्यायाम नगर्ने व्यक्तिलाई १८०० क्यालोरीको आवश्यकता पर्छ। क्यालोरी कम भए शरीरलाई नकारात्मक असर पर्ने गरी दुब्लाउने हुन्छ। शरीरका लागि आवश्यक पर्ने भिटामिन पनि कम हुन्छन्। त्यसैले तौल घटाउन धेरै डाइटिङ्ग गर्नु राम्रो मानिदैन। सन्तुलीत तरिकाले डाइटिंग गर्नु उपयुक्त हुन्छ।

दुब्ला व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउछ। शरीरलाई चाहिने रोग प्रतिरोधात्मक क्षमता भिटामिन तथा मिनरलबाट आउछन्। यी तत्वको शरीरमा कमी भएमा कोषिकाहरुले राम्रोसँग काम गर्न सक्दैनन्। जसका कारण शरीरमा संक्रमण हुने संभावना हुन्छ। बच्चाहरूमा पनि पखाला लाग्ने, कुपोषण तथा संक्रमण हुने संभावना बढी हुन्छ।

– डा मिलेशजंग सिजापती, जनरल फिजिसियन

Previous Post

अस्पतालमा भर्ना भए शाहरूख खान

Next Post

बिहे को एक सातामै दुलहीले श्रीमानमाथि हालिन् बलात्कारको मुद्दा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बिहे को एक सातामै दुलहीले श्रीमानमाथि हालिन् बलात्कारको मुद्दा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.