HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सूर्य नमस्कार किन गर्ने ? के छन् फाइदा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सूर्यले हामीलाई प्रकाश दिन्छ । सूर्यकै उज्यालोमा हामी दिनमा कार्य गर्छौं । सूर्य अस्ताएपछि रातमा आराम गर्छौं । यो सामान्य कुरा तपाईं हामी सबैले भोग्दै र गर्दै आएका छौँ । तर, सूर्यलाई नमस्कार गर्दा थुप्रै कुराबाट लाभ लिन सकिन्छ भन्ने कुरा चाहिँ तपाईंलाई थाहा नहुन सक्छ । सूर्य नमस्कार एउटा योगासन हो ।

तपाईंलाई यसले निरोगी, तन्दुरुस्त र दिनभर ताजा महसुस गराउने छ । शरीर लचकदार बनाउन पनि सूर्य नमस्कार उपयोगी हुनेछ । यसका लागि सजिलो उपाय हो सूर्य नमस्कार । दिनदिनै हामी कति जनालाई नमस्कार टक्राउँछौँ । कतिको नमस्ते पनि स्विकार गर्छौं । तर, सूर्य नमस्कार एक योगासन हो । यसको विधी अलि भिन्न छ ।

प्राचिन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ राखिने अभ्यास भएको पाइन्छ । योगले शरीर र मनलाई स्वस्थ राख्छ । शरीरको अतिरिक्त बिकार हटाउन, मनलाई शान्त तुल्याउन, स्फूर्ति ल्याउन योग अनिवार्य छ । अहिले विश्वभर योगको लहर छ । संसारका मानिसले अहिले स्वास्थ्य समस्या झेलिरहेका छन् । स्वस्थ स्वास्थ्यका लागि मानिसहरु चिन्तित बनिरहेका हुन्छन् । दिनदिनै औषधी सेवन गर्नुपर्ने, अस्पतालको चक्कर लगाउनुपर्ने, उपचार खोज्नुपर्ने बाध्यतामा मानिसहरु गुज्रिरहेका छन् ।

यसरी रोगको संक्रमणले ग्रस्त मानिसलाई त्यसबाट उन्मुक्त भएर स्वस्थ जीवन बाँच्नका लागि योग सर्वोत्तम विकल्प हो । योगको सबैभन्दा प्रशिद्ध आसन हो, सूर्य नमस्कार ।

यसरी हुने रोगमुक्त

सूर्य नमस्कार यस्तो योग हो, जो सजिलो छ । र, अत्यन्तै लाभदायक पनि । बालबच्चादेखि बुढापाकासम्मले यो योगासन अभ्यास गर्न सक्छन् ।

सूर्य नमस्कारमा विभिन्न १२ आसन हुन्छ । यी १२ आसन गर्दा सासको गति नियन्त्रण गर्न सक्नु सर्वोत्तम हुन्छ । सासको गति नियन्त्रणका लागि मन्त्रोच्चारण गरिन्छ । मन्त्रोच्चारणका साथ सूर्य नमस्कार गर्नु शतप्रतिशत फाइदाजनक हुन्छ ।

सूर्य नमस्कार आसनको केही स्वास्थ्यवर्धक लाभ हुन्छ । जस्तो कि यसले रक्त प्रवाह सही ढंगले गराउँछ । पाचन क्रिया चुस्त रहन्छ । तौल नियन्त्रण गर्छ । शरीरमा सकारात्मक उर्जा पनि मिल्छ । एक पटक सूर्य नमस्कार गर्दा १३ दशमलव ९ प्रतिशत क्यालोरी घटाउन सकिन्छ । सूर्य नमस्कार स्वस्थ रहने सबैभन्दा राम्रो विकल्प हो ।

कसरी गर्ने ?

यसका १२ आसन हुन्छ । सबैभन्दा पहिला प्रणायम हुन्छ, जसमा दुबै हात जोडेर सिधा उभिनुपर्छ । अर्थात नमस्कारको मुद्रामा । त्यसपछि आउँछ हसतोत्तानासन । यसमा हातलाई विस्तारै माथि उठाइन्छ । फेरी हस्तपदासन आउँछ, जसमा अगाडि झुकेर उभिनुपर्छ ।

चौथो आसन हो, अश्व संचालासन । यसमा घोडा जस्तै घुँडा र हातले टेकेर बस्नुपर्छ । पाँचौं आसन हो दंदासन । यसपछि अष्टांग नमस्कार । त्यसपछि आउँछ भुजंगासन । यो कुकुरको मुद्रामा मुख घोप्टो बनाएर बस्नुपर्छ । त्यसपछि अश्व संचालासन र फेरी हस्तपादासन, हस्तोत्तानासन र प्राणायाम आउँछ ।

कुन समयमा गर्ने ?

सूर्य नमस्कारको अर्थ हो, सूर्यको शाश्वत अभिभादन गर्नु । यस व्यायमले सूर्यको उर्जा शरीरमा आउँछ । सूर्य नमस्कार भनेको सूर्यको तेजबाट उर्जा लिनु हो, त्यसैले यो आसन सही समयमा गर्नु जरुरी छ ।

योग निर्देशकलाई मान्ने हो भने, योग गर्नु एक कला हो र सूर्य नमस्कार गर्ने उपयुक्त समय प्रातःकाल हो । अर्थात सूर्योदयको समयमा ।

तर, त्यसो भन्दैमा सूर्योदयकै समयमा मात्र गर्नुपर्छ भन्ने चाहि होइन । यसलाई तपाई साँझको समयमा पनि गर्न सक्नुहुन्छ । कतिपय मानिस विहान व्यस्त हुने भएकाले सूर्य नमस्कार गर्न भ्याउँदैनन् । उनीहरुले बिहानको समय सूर्य नमस्कार नगरेपनि दिनभरमा आफ्नो अनुकुलता मिलाएर गर्न सक्छन् । यद्यपी बिहानको समयमा गरिने सूर्य नमस्कार एकदमै प्रभावकारी मानिन्छ ।

यदि तपाईं तौल नियन्त्रण गरेर स्वस्थ रहन चाहनुहुन्छ भने सूर्य नमस्कार तपाईंको लागि सर्वोत्तम छ । सूर्योदयको समय सूर्य नमस्कार गर्नु सबैभन्दा राम्रो हुन्छ । सूर्यलाई हेरेर बिहान खाली पेटमा सूर्य नमस्कार गर्नुपर्छ । सूर्यको किरणले सकारात्मक उर्जा मिल्छ । शरीरलाई पनि फाइदा पुग्छ ।

बिहानको समय शान्त र सौम्य माहौल हुन्छ । र, दिनको सुरुवातमा यो आसन गर्दा ताजगी महसुस हुन्छ । त्यसैले घरबाट बाहिर खुला हावामा सूर्य नमस्कार गर्नु बढी फाइदाजनक हुन्छ । सूर्य नमस्कार गर्ने स्थान खुला एवं हावा आउजाउ गर्न सक्ने हुनुपर्छ ।

सूर्य नमस्कार धिमा गतिमा गर्नुपर्छ । र, आफ्नो मुद्रालाई तन्दुरुस्त राख्ने प्रयास गरौं । यसका साथै सूर्य नमस्कारको १२ मुद्रा गर्नु लाभदायक हुन्छ । सूर्य नमस्कारभन्दा अघि वार्मअप गर्नु राम्रो हो । यसले शरीरलाई थप लचिलो बनाउँछ ।

गर्भवती, हर्नियाका रोगी, उच्च रक्तचापले ग्रस्त, कम्मरको दुखाई भएका र महिनावारी भएकाले सूर्य नमस्कार गर्नु हुँदैन । यदि गर्नैपरे, चिकित्सकको सल्लाह लिनुपर्छ ।

Previous Post

बुधवार कृष्ण भगवानको पूजा गर्नुहोस् मिल्नेछ शुभ लाभ

Next Post

उठ्ने बित्तिकै वाकवाकी लाग्छ ? समाधान छुटकारा पाउन यसो गर्नुहोस्

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

उठ्ने बित्तिकै वाकवाकी लाग्छ ? समाधान छुटकारा पाउन यसो गर्नुहोस्

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.