HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पहिलो बच्चा वा एकल बच्चा हुर्काउदा ध्यान दिनुपर्ने कुरा हरु

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बच्चालाई हुर्काउन आमाबुबा दुवैको भूमिका महत्वपूर्ण हुन्छ। पहिले र अहिले बालबालिका हुर्काउने तरिकामा ठूलो भिन्नता छ । पछिल्लो समय व्यस्त जीवनशैली, पैसा कमाउने चाहना र बढ्दो कामको दबाबले अधिकांश अभिभावकले छोराछोरीलाई समय दिन सकेका छैनन् ।

एउटा मात्र सन्तान भए आमाबुबाले पर्याप्त स्याहारसुसार गर्न सक्छन् भन्ने सोचाइ रहेको छ । धेरै सन्तान हुर्काउँदा जति अभाव र समस्याहरू झेल्नुपर्छ, थोरै सन्तान हुर्काउँदा त्यस्तो हुँदैन भन्ने सोचका साथ आजभोलि एउटा मात्र सन्तान जन्माउने प्रचलन बढ्दो छ । बच्चा जन्माउँदा मानसिक रूपमा तयार नहुँदा साना केटाकेटीहरू आधारभूत आवश्यकताको अभावमा हुर्कनुपर्ने हुन्छ। कहिलेकाहीँ आमाबुबाले बच्चाहरूलाई समय दिन सकेका हुँदैनन्।

यस्तोमा आमाबाबुले एकल बच्चाको पालनपोषण र हेरचाहमा उचित ध्यान नदिंदा उनीहरू एक्लोपनको सिकार हुन सक्छन् । बच्चाहरूसँग बसेर उनीहरूका कुरा बुझ्ने समय आमाबुबासँग हुँदैन त्यसले गर्दा पनि बच्चाको सानो दिमागमा ठूलो असर परिराखेको हुन्छ। एकल बच्चाको पालनपोषण गर्दा आमाबाबुले बच्चालाई पर्याप्त समय दिनुपर्छ ।

हिजोआज आमाबुबाले बच्चालाई भुलाउन मोबाइल, कम्प्युटर, ट्याब, दिइहाल्ने प्रवृत्ति छ। तर निगरानी नगरी आफ्नै काम लाग्दा सम्बन्ध बिस्तारै बिग्रँदै जान्छ। यसले पछि गएर एक्लै बस्न मन पराउने र आमाबुबासँग कुरा नगर्ने हुन सक्छ।

त्यसैले हरेक अभिभावकले एकल बच्चा हुर्काउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ ।

बच्चालाई गाली नगर्ने
बच्चालाई सानो-सानो कुरामा गाली गर्नु हुदैन । सानातिना गल्तीका लागि बच्चालाई गाली गर्नु भयो भने त्यसले बच्चालाई भावनात्मक रूपमा कमजोर बनाउँछ र उसको आत्मविश्वास घट्न थाल्छ । बच्चाले कुनै काम गर्न मान्दैन भने प्रेमपूर्वक सम्झाइबुझाइ गर्नुपर्छ ।

बच्चालाई आत्मनिर्भर हुन प्रोत्साहन
बच्चालाई आफ्नो कम आफै गर्न प्ररित गर्ने र नयाँ काम गर्ने स्वतन्त्रता दिनुपर्छ । सानो सानो काम आफै गर्ने मौका दिने यसो गर्दा बच्चाको व्यक्तित्वमा सकारात्मक प्रभाव पर्छ ।

बच्चाको कुरा सुने
हरेक चोटि बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ।

बच्चाबाट धेरै अपेक्षा नगर्ने
आमाबाबुले एकल बच्चाको बारेमा धेरै उच्च अपेक्षा राख्ने गर्छन् । यस्तो अवस्थामा उनीहरूले सानो गल्ती गर्दा पनि बच्चा दबाबमा आउँछ र आत्मविश्वास गुमाउन थाल्छ । त्यसैले बच्चाबाट उच्च अपेक्षा राख्नु हुँदैन । बच्चाले आफ्नो गल्तीबाट मात्र सिक्छ त्यसैले उनिहरुबाट धेरै अपेक्षा गर्नुहुदैन् ।

सम्बन्धको महत्त्व बुझाउने
आफ्ना बच्चालाई परिवार र साथीहरूसँग राम्रो सम्बन्ध विकास गर्न प्रोत्साहन गर्नुपर्छ । बच्चालाई अरूसँग राम्रो सम्बन्ध बनाउँदाका फाइदा बताउनुपर्छ । परिवार, साथीभाइ र सहकर्मीको सहयोगले बच्चाले हरेक कठिन परिस्थितिबाट सजिलै बाहिर निस्कन सक्छन् । बलियो, सकारात्मक सम्बन्ध निर्माण गर्न भावनात्मक बल आधारशीला हो ।

उमेर अनुसारको व्यवहार गर्ने
एकल बच्चाको मानसिकता बुझेर उसको उमेरअनुसार व्यवहार गर्नुपर्छ । आफ्नो कारण अभिभावक सधैं खुसी हुन् भन्ने चाहना बालबालिकाको हुन्छ । तर अभिभावकले भने बच्चाको सानो सानो गल्तीमा पनि उनीहरूलाई गाली गर्ने गर्छन् । यसले बच्चामा आत्मद्वेषको भावना विकास हुन थाल्छ । यो नकारात्मक भावनाले बच्चा र अभिभावकबीचको सम्बन्धलाई बिगार्न सक्छ । त्यसैले अभिभावकले बच्चालाई उमेर अनुसार उपयुक्त निर्णय गर्न, जिम्मेवारी लिन र समस्या हल गर्नमा मद्दत गर्नुपर्छ ।

समस्या समाधान गर्ने सीप सिकाउने
बच्चाहरुको जीवन पनी चुनौतीहरूले भरिएको हुन्छ । त्यसैले बच्चालाई ती चुनौतीसँग कसरी लड्ने भनेर सिकाउनु आवश्यक छ । उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गराएर समस्या समाधान गर्ने सीप विकास गर्न मद्दत गर्नुपर्छ र दैनिक समस्याको समाधान गर्न प्रोत्साहन दिनुपर्छ ।

आवश्यकताभन्दा बढी सुविधा नदिऊँ
आमाबाबुले एकल बच्चालाई हरेक सुविधा दिने प्रयास गर्छन् । आफ्ना छोराछोरीलाई खुसी बनाउन क्षमता भन्दा बढी खर्च गर्छन् । आफ्ना एक मात्र सन्तानले सबै सुविधा पाउनुपर्छ भन्ने अभिभावकको धारणा हुन्छ । तर यसरी उनीहरूलाई धेरै सुविधा दिंदा उनीहरू क्षमता भन्दा बाहिरको कुरा पनि माग गर्न थाल्छन् र माग पूरा नभए घुर्की लगाउने र रुने गर्न सक्छन् । त्यसैले बालबालिकालाई सीमित सुविधामा मात्रै राख्ने बानीको विकास गर्नुपर्छ ।

Previous Post

यी बिधि अपनाउनुहोस् साङ्ला सजिलै भाग्छ

Next Post

आइतबार फेरी बढ्यो सुनको मूल्य , कति पुग्यो तोलामा ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

आइतबार फेरी बढ्यो सुनको मूल्य , कति पुग्यो तोलामा ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.