कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो। तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ। निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ।
च्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउको दुखाइ मात्र हो कि सँगसँगै अन्य समस्या पनि छन् भन्नेमा ध्यान दिनुपर्छ । जस्तै, कोही टाउको दुखाइसँगै बेहोस हुने गर्छन्, त्यो समस्या जटिल हुन सक्छ । बेहोस हुनका पनि विभिन्न कारण हुन्छन् । कतिपय सामान्य बेहोसी हुन्छन् । तर, कतिपय अवस्थामा टाउको दुखाइको असरले बेहोस हुने पनि हुन्छन् । केही मानिस टाउको दुखाइ सहन नसकेर बेहोस हुन्छन् भने कोही ब्रेन ट्युमर, रगत जमेर, पानी जमेर बेहोस हुने गर्छन् । छारेरोगमा पनि टाउको दुखाइ हुन्छ । छारेरोगको उपचारपछि टाउको दुखाइ पनि ठिक हुन्छ ।
नशाको रोगका कारण पनि टाउको दुखाइ हुने गर्छ । नशा सम्बन्धी समस्या लिएर आउने ५० प्रतिशत बिरामीलाई टाउको दुख्ने समस्या हुन्छ । टाउको दुखाइका विभिन्न कारणमध्ये सबैभन्दा बढी देखिने कारण चाहिँ तनाव हो । तनावका कारण हुने टाउको दुखाइ खासगरी मानसिक तथा शारीरिक धपेडीले हुन्छ । हरेक मानिसका आफ्ना समस्याअनुसारको तनाव हुन्छ । तनावको उपचार दुई तरिकाको गर्न सकिन्छ । एक, बिरामी आफैँले र अर्को चिकित्सकीय । बिरामीले आफैँ प्रयास नगरेसम्म चिकित्सकको एकल प्रयासले तनाव ठिक हुँदैन । तनाव हुने व्यक्तिले सर्वप्रथम तनाव कम गर्नुपर्छ । तनाव बढी भए शरीरलाई पनि असर गर्छ ।







Discussion about this post