हेटौंडा — ललितपुरबाट हेटौंडा तर्फ आइरहेको कार मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर भएका छन् । शनिबार बिहान साढे ७ बजे कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै ग३च९४७५ नम्बरको कार सडकबाट करिब ४ सय मिटर खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा भीमफेदी गाउँपालिकाका प्रमेबहादुर भ्लोन र रौतहटका विवेक साहको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए । उनले भने, ‘ठिंगनमा रहेको स्वास्थ्य चौकीका अहेबले २ जनाको मृत्यु भएको बताएका छन् ।’
यस्तै चालक बाराका सञ्जीव साह भने घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीको भनाइ छ ।






Discussion about this post