HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कसरी हटाउने डार्क सर्कल ?के कारणले गर्दा आउछ आखा मुनि कालो धब्बा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् । यसका अन्य कारण छन्ः

खराब जीनः आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ । वंशानुगत कारणले कतिपय मानिसको आँखामा काला धर्सा र धब्बा देखिन्छन्।

छालाको रोग (इसेज्मा): छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ । यो रोग लाग्दा आँखा चिलचिलाउँछ र आँखामा दाग आउछ । ‘आँखा चिलायो भनेर घोट्दा सुन्निन थाल्छ आँशु वरपरको रक्त कोषका नलीलाई टुटाइदिन्छ जसले आँखा मुनिको छाला कालो र निलो डाम जस्तो देखिन्छ।

एलर्जीले पनि कालो बनाउँछ : आँखामा कालो धर्सा आउन इसेज्मा जस्तो छालाको रोग मात्र मुख्य जिम्मेवार छैन । एलर्जीले छालालाई रातो बनाउँछ र रगतको नलीलाई बिस्तार गरिदिन्छ। हाम्रो आँखाको ढकनी र आँखामुनिको छाला निकै पातलो भएकोले सुन्निएको रक्त नली अन्य क्षेत्रको तुलनामा कालो हुन्छ त्यसैले सम्भव भएसम्म छिटो छालाको एलर्जीको उपचार गर्ने ।

मेकअपले पनि धर्सा निम्त्याएको हुनसक्छ : मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने त्यसले छालालाई असर गर्छ । कतिपयल मेक अप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ।

हड्डीको बनौटः आँखामा कालो धर्सा देखिनुमा हड्डिको संरचना र विशेषगरी अनुहारको आकारमा पनि भर पर्छ । जब मानिसको आखामुनि आँशु झर्छ, आँखामा रहेको आँशुले छालालाई कालो धर्सायुक्त बनाउँछ।

नशाले पनि निलो छायाँ देखाउछः यदि आँखाको भाग निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ । आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो ।

घामबाट जोगिन नसक्नु :बाहिर घाममा निस्कदा छालामा चमक आउछ भन्ने लाग्छ होला । तर, सत्य यो होइन । कोमल आँखाको छाला घाममा देखाउँदा झन कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरिरमै सबैभन्दा पातलो हुन्छ । तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ । जसका कारण तपाईंको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शीतामा असर गर्छ ।

डार्क सर्कल कसरी हटाउने ?

यसका लागि केही उपाय अपनाएर डार्क सर्कल हटाउन सकिन्छ –भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ ।

कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।
भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।
अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।
भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।
आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।
सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ ।

Previous Post

आज मधेशमा सार्बजनिक बिदा !जानकी नवमी मानिदै

Next Post

गर्भ निरोधक साधन : चक्की र कन्डममा कुन बढी उपयोगी ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

गर्भ निरोधक साधन : चक्की र कन्डममा कुन बढी उपयोगी ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.