HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भनिरोधक पिल्स कति सुरक्षित ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

डा. बालकृष्ण शाह

प्रसुती तथा स्त्री रोग विशेषज्ञ 

सन्तान हरेक दम्पतीको चाहना मात्र नभएर आवश्यकता पनि हो । तर आवश्यकता भन्दैमा धेरै र जहिले पनि आवश्यक नहुन सक्छ । जन्मान्तर तथा सन्तानको संख्या व्यवस्थापन आवश्यक हुन्छ । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरू प्रयोग गर्न सकिन्छ । ‘सन्तान करले भन्दा पनि रहर’ ले जन्माउनुपर्छ । यसका लागि परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने हुन्छ । कस्तो साधन प्रयोग गर्ने यसबारेमा दम्पती र स्वास्थ्यकर्मीबीच छलफल हुनुपर्छ ।

पिल्स (खाने चक्की) महिलाले प्रयोग गर्ने गर्भनिरोधको अस्थायी साधन हो । यो गर्भ रोक्न चाहने महिलाहरूका लागि बढी प्रभावकारी खाने चक्की हो । नेपालमा पाइने खाने चक्कीहरूमा इस्ट्रोजेन र प्रोजेस्ट्रोन नामक हर्मोनहरूसंयुक्त रूपमा प्रयोग गरिएको हुन्छ । यसले तीन तरिकाले गर्भ रहनबाट रोक्छ । पहिलो पिल्स चक्की खानाले महिलाको डिम्बाशयबाट डिम्ब निष्कासन हुन दिँदैन । दोस्रो पाठेघरको मुखबाट निस्कने तरल पदार्थलाई बाक्लो र थोरै बनाउँछ, जसले गर्दा शुक्रकीट पाठेघरभित्र जान पाउँदैनन् र अण्ड (डिम्ब) बनेको छ भने पनि शुक्रकीटसँग निश्छेदन (फर्टिलाइजेसन) हुन पाउँदैन । तेस्रो यसले पाठेघरको भित्री तह जहाँ गर्भ अर्थात् निश्छेदन भएको डिम्बबाट भ्रूण बन्नुपर्ने हो, त्यो तह तयार हुन दिँदैन र गर्भ बस्न दिँदैन । यसरी तीन तरिकाले काम गर्ने भएकाले पिल्सलाई अत्यन्तै प्रभावकारी परिवार नियोजनका साधनका रूपमा लिने गरिन्छ ।

खानेचक्कीअर्थात् पिल्स विभिन्न नामका धेरै ब्रान्डहरू भए पनि किसिम भने दुई मात्र छन् । एक नियमित सेवन गर्ने ‘नियमित पिल्स’ र अर्को असुरक्षित यौनसम्पर्कपछि आकस्मिक रूपमा प्रयोग गरिने ‘आकस्मिक पिल्स’ । निलोकन ब्याइट, सुनौलो गुलाव, ओभरल एल/जी, जस्ता पिल्सहरू नियमित पिल्स हुन् भने आइपिल, अनवान्टेड, ७२ घण्टे, आइकन आदि आकस्मिक पिल्स हुन् । कन्ट्रासेप्टिभ पिल्स वा नियमित पिल्स २१ दिन नियमित सेवन गर्नुपर्छ । यसको प्याकेटमा २१ वा २८ वटा ट्याब्लेट हुन्छन् । २८ वटा ट्याब्लेट भएको ब्रान्डमा पनि मुख्य औषधि २१ नै हुन्छन् र बाँकी ७ वटा आइरन चक्की राखेर २८ बनाएको हुन्छ । २१ दिन नियमित चक्की खाने र ७ दिन कि नखाने वा आइरनचक्की खाएर फेरि अर्को प्याकेट अर्थात् अर्को महिनाको औषधि सुरु गर्नुपर्छ ।

कुनै साधन प्रयोग नगरेको अवस्थामा असुरक्षित यौन सम्पर्क भएमा, एकपटककै सम्पर्कले पनि गर्भ रहन सक्छ । यस्तो अवस्थामा सम्भावित गर्भबाट बच्नका लागि आकस्मिक चक्की प्रयोग गर्न सकिन्छ । असुरक्षित यौन सम्पर्कको १२० घण्टा अर्थात् ५ दिन सम्ममा प्रयोग गर्न सकिए पनि जति चाँडो प्रयोग गर्न सकिन्छ, त्यति नै बढी प्रभावकारी मानिने आकस्मिक चक्की नियमित चक्की जस्तो प्रभावकारी हुँदैन । तर पनि असुरक्षित सम्पर्कपछि पनि एउटा राम्रो विकल्प भने अवश्य हो । आकस्मिक गर्भनिरोधक विधि सधै प्रयोग गर्ने विधि भने होइन । यो आकस्मिक र अल्पकालीन उपाय मात्र हो । यसको प्रयोग पटकपटक गरे गर्भनिरोधक साधनले काम नगर्ने हुनसक्छ । यो एकपटक सेवन गरेपछि अर्को पटकको असुरक्षित यौन सम्पर्कबाट सुरक्षा दिँदैन । यस्ता चक्की खाँदा केही दिनसम्म वाकवाक लाग्ने, बान्ता हुने र रक्तस्राव हुन सक्छ ।

नियमित खाने चक्की अर्थात् पिल्स महिनावारी भएको ५ दिनभित्र सुरु गर्नुपर्छ । ५ दिन कटिसके पनि यदि महिला गर्भवती नभएको निश्चित भए महिनावारी चक्रको कुनै पनि समयमा चक्की लिन सकिन्छ । यो हरेक दिन एकै समयमा खानुपर्छ । यो प्रयोग गर्न थालेको ७ दिनपछि मात्र प्रभावकारी हुन्छ । यसको प्रयोगले सुरुका २/३ महिना कसैकसैमा साधारण टाउको दुख्ने, वाकवाकी लाग्ने, स्तन दुख्ने, महिनावारीबाहेक अन्य समयमा पनि रगतका थोपा देखा पर्ने हुनसक्छ । यसलाई सामान्यरूपमा लिनुपर्छ । यो विस्तारै आफै हराएर जान्छ ।

नियमित खाने पिल्स दैनिक एउटै समयमा खानुपर्छ । तर कहिलेकाहीँ यो खान बिर्सिन्छ वा कतै बाहिर गएको बेला छुट्न सक्छ । एक वा दुई दिनसम्म पिल्सको सेतो चक्की खान छुटेमा सम्झिनेबित्तिकै एक चक्की खानुपर्छ । त्यसदिन खानुपर्ने चक्की सधै खाने समयमा खानुपर्छ । यसो गर्दा सम्झेको दिन दुईवटा चक्की खानुपर्ने हुन्छ । बाँकी चक्की सधैझैं खाइरहनुपर्छ । लगातार तीन वा तीनभन्दा धेरै दिनसम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता सुरु गर्न तीन वा तीनभन्दा धेरै दिन ढिलो भएमा पनि सम्झनेबित्तिकै एक चक्की तुरून्तै खाने र फेरि सधैको समयमा नियमित गर्न सकिन्छ । तर तीन दिनभन्दा बढी भएको अवस्थामा यसको प्रभावकारी कम हुने भएकाले यो सँगै यस महिनामा कण्डम पनि प्रयोग गर्नु राम्रो हुन्छ । त्यस दिन खानुपर्ने चक्की सधैं खाने समयमै खाने । बाँकी चक्की सदाझैं खाइरहनुपर्छ ।

खाने चक्की अर्थात् पिल्सले गर्भ रहनबाट रोक्नुका साथै अरू पनि फाइदा दिन्छ । यसले यौनजीवनमा कुनै बाधा वा असजिलो हुन दिँदैन । महिनावारीलाई नियमित बनाउनुसँगै रक्तस्रावमा कमी गराई दुखाइ कम गर्न पनि पिल्सले मद्दत गर्छ । यसले अण्डाशय, पाठेघर र आन्द्राको क्यान्सरको जोखिम कम गर्छ । किशोरीहरूमा हुने महिनावारीको तनाव कम गर्न, हर्मोनल सन्तुलन कायम गरी डन्डिफोरको उपचार गर्न पनि पिल्स सहयोगी हुन्छ । महिलाहरूमा हुने पेल्विक इन्फ्लेमेटरी डिजिज, फाइब्रोइड (ऐजेरु), डिम्बग्रन्थि सिस्ट र गैर–क्यान्सर स्तन रोगको जोखिम कम गर्न पनि पिल्सले मद्दत गर्ने हुँदा परिवार नियोजनबाहेक पनि यसका फाइदाहरू छन् ।

परिवार नियोजनका साधन प्रयोग गर्दा गर्भ रहँदैन । श्रीमान्–श्रीमतीले आफ्नो भविष्य सुन्दर बनाउन सक्छन् । जन्मान्तरले आमा र बच्चा दुवै स्वस्थ हुन्छन् । उचित जन्मान्तरले बच्चाको स्याहार, खानेकुरा, लत्ताकपडा, शिक्षादीक्षा र सुन्दर भविष्यका बारेमा ध्यान पुर्‍याउन सजिलो बनाउँछ । सन्तान जन्माउनुभन्दा पनि सही समयमा र उचित संख्यामा सन्तान जन्माउनु, सन्तानलाई राम्रो भविष्य दिने प्रयास गर्नु नै हरेक दम्पतीको चाहना भएकाले पिल्स यसको सारथि हुन सक्छ । यद्यपि लामो समयको जन्मान्तर र सन्तानका रहर पुगिसकेका दम्पतीहरूका लागि दैनिक सेवन गर्नुपर्ने पिल्स भन्दा लामो समयसम्म प्रभावकारी हुने ज्याडल (इन्प्लान्ट), कपर टी वा स्थायी बन्ध्याकरण उपयुक्त हुनसक्छ ।

Previous Post

पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

Next Post

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.