HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

राम्रो संस्कार बालबालिकालाई कसरी दिने ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
जसले मानवतालाई जीवित राख्छ । जसको जीवनमा ठूलो महत्व रहेको हुन्छ ।

जसले मानवतालाई जीवित राख्छ । जसको जीवनमा ठूलो महत्व रहेको हुन्छ ।

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जीवनको समस्त गुण, ऐश्वर्य, समृद्धि तथा वैभवको आधारशिलाको चरित्र नैतिक मूल्य हो । वैदिक मन्त्रमा हाम्रा ऋषिले यसकारण भनेका छन् कि–असतोमा सद् गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृत गमय ।

अर्थात हे ईश्वर मलाई असत्यबाट सत्य तर्फ लैजानु होस्, अन्धकारबाट मलाई प्रकाश तर्फ लैजानुहोस्, असत्य र अन्धकारको सम्बन्ध मानिसलाई अनैतिकता अर्थात ‘असत्य’को बाटोबाट आउँछ ।

नैतिक मूल्यका कारण चरित्रवान व्यक्तिको निर्माण गर्न सकिन्छ । तर यसको अभावमा व्यक्तिको कुकृत्यले यो धर्तीलाई नर्क(खराब) बनाउन सक्छ ।

नैतिक मूल्य मानिसको आधारस्तम्भ हो । जसले मानवतालाई जीवित राख्छ । जसको जीवनमा ठूलो महत्व रहेको हुन्छ ।

जीवनमा सुख, समृद्धि, ऐश्वर्य, धन, सम्पत्ति, यश, नाम आनन्द प्राप्तिमा नैतिकताको निकै ठूलो योगदान हुन्छ । नैतिक गुणबाट विभूषित व्यक्तिको चरणमा सफलताले चुम्छ । तर आजको समयमा हाम्रो संस्कार तथा परम्परा अर्थात नैतिक मूल्यको पतन भइरहेको छ ।

संयुक्त परिवारको विघटन, एकल परिवार, पाश्चात्य संस्कार र संस्कृतिको प्रभावमा बालबालिका हुर्किइरहेका छन् ।

बालबालिकाले सबैभन्दा पहिला नैतिकताको पाठ आफ्ना घरमा परिवारजनका साथ सिक्छन् । आमा–बुवाको भूमिका त किसानको जस्तो हुन्छ । जसरी किसानले बीउको सही हेरचाह गरेर त्यसलाई फलाउन फूलाउनका लागि तयार गर्छ त्यस्तै आमा बुवाले पनि आफ्ना सन्तानको लागि यस्तै माहोल दिन जरुरी छ । आफ्नो सन्तान राम्रो मानिस(संस्कारी) बनेर सफताको सिँढी चढोस् भन्ने उनीहरुको स्वभाविक चाहना हुन्छ ।

यस्तोमा यदी तपाई बालबालिकालाई संस्कार दिन चाहनुहुन्छ भने उनीहरुलाई नैतिक संस्कार दिन जरुरी छ । त्यसका लागि तपाईंले केही यस्ता कार्य गर्न जरुरी छ।

– बालबालिकालाई नैतिक विकासलाई प्रभावित गर्ने एक प्रमुख कारक हो परिवार । परिवारमा नै रहेर, शिक्षा–दीक्षा लिएर बालबालिकाले नैतिक आचरण सिक्ने कार्य गर्छ । एउटा कुरा तपाईले सधै याद राख्न जरुरी छ । बालबालिका आफ्ना आमा बुवा तथा परिवारका सदस्यको व्यवहार एवं आचरणको अनुकरण गर्छन् । जस्तो खालको व्यवहार तपाईले गर्नुहुन्छ बालबालिकाले त्यस्तै प्रकारको व्यवहार गर्छन् । त्यसकारण यो कुराको सधैं ख्याल हुन जरुरी छ कि तपाईले गर्ने व्यवहार सधैं राम्रो हुन सकोस् ।

– नैतिक विकासमा रीति रिवाज, प्रथा, परम्परा एवं कानूनको अति महत्वपूर्ण स्थान हुन्छ । तर जब सन्तान साना(कम उमेर) का हुन्छन् उनीहरुलाई सामाजिक परम्पराका अनुसार नैतिक आचरणको जानकारी हुँदैन । यस्तोमा यदी बालबालिकालाई खेलको माध्यमबाट नैतिक मूल्यको शिक्षा दिन सकियो भने राम्रो हुन्छ । जब बालबालिकाले खेल्ने समयमा आफ्नो साथी समूहका बालबालिकाको कुरा सुन्दैन भने त्यसमाथि उनीहरुलाई गाली गर्ने नगर्नुहोस् बरु माया प्रेमसहित सम्झाउने प्रयास गर्नुहोस् ।

–बालबालिकालाई नैतिकताको पाठ पढाउँनका लागि पुरस्कार एवं दण्डको निकै ठूलो भूमिका रहेको हुन्छ । पुरस्कार उनीहरुलाई प्रत्सान गर्छ भने दण्डले उनीहरुमा दमनको प्रवृत्ति विकास हुन्छ । जब बालबालिकाले राम्रो कार्य गर्छन् पुरस्कृत जरुर गर्नुस् । यस्तो गर्नाले भविष्यमा पनि उसले राम्रो कार्यगर्ने छ । यसको ठिक विपरित जब उसले नराम्रो कार्य गर्दा उसलाई दण्ड दिने पनि गर्नुहोस् । जसले गर्दा उसमा नराम्रो कामको फलको बारेमा याद रहोस् ।

–नैतिक मूल्यको विकासमा मनोरञ्जनको पनि निकै ठूलो भूमिका हुन्छ । यस कारण आफ्ना बालबालिकाका लागि स्वस्थय मनोरञ्जनको पनि सुविधा दिनुहोस् । जस्तो टिभी, सिनेमा, पार्टीमा जानु, राम्रा पुस्तकहरु पढ्नु, चुट्किलाहरु पढ्नु आदी । बालसुलभ मनमा यी चिजहरुको तत्काल प्रभाव पर्छ । यसकारण यो कुरालाई ध्यान दिन जरुरी छ कि बालबालिकालाई मारपिट, अनादर, कामूकता युक्त फिल्म वा पुस्तकहरु नदिनुहोस् । उनीहरुलाई यस्ता पुस्तक र फिल्महरु देखाउनुहोस् जसले नैतिक मूल्य मान्यता सिकाओस् ।

–बालबालिकाको साथी–समूहको पनि उनीहरुको नैतिक विकासमा प्रभाव पर्छ । बालबालिका आफ्ना आमा बुवा अथवा परिवारका सदस्यसँगबाट भन्दा धेरै उसले आफ्नो साथीभाइ वा समूहबाट सिकिरहेको हुन्छ ।यदी बालबालिकाको साथी झुठो बोल्छ, चोरी गर्छ भन्ने आफ्नो सन्तानले पनि त्यस्तै सिक्छ । त्यसैले बालबालिकाको संगतलाई पनि नजरअन्दाज गर्नु हुँदैन । सानु उमेर छ भनेर त्यस्ता कुराहरुलाई वेवास्ता गर्दा पछि समस्या आउँछ । त्यसैले ख्याल गर्न जरुरी छ ।

–बालबालिकामा मानवीय चेतनाको विकास गर्नुहोस् । उसलाई परोपकारी, दयालु, सहनशीलता, दानी, ज्ञानी, त्यागी, क्षमाशील, कर्तव्यनिष्ठ, सहिष्णु तथा उदार बन्नका लागि पठा पढाउनुहोस्, यही गुण उसलाई पद, प्रतिष्ठा तथा लोकप्रियता दिलाउछ ।

Previous Post

पुजार सार्कीको तेस्रो गीत सार्वजनिक

Next Post

कालो कफी खादा शरीरलाई यस्तो हुन्छ अचम्मको फाइदा

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
बिहानको निद्राबाट छुटकारा पाउन र दिनभरको थकान हटाउन कफी पिउने

कालो कफी खादा शरीरलाई यस्तो हुन्छ अचम्मको फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.