HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शरीरले देखाउँछ यस्ता सङ्केत मिर्गौला फेल हुनु अघि

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गमध्ये एक हो । यसले रगत फिल्टर गर्ने काम गर्छ । यसले खास गरेर युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट टाढा राख्ने काम गर्दछ । खानामार्फत विषाक्त पदार्थ मूत्रथैलीमा पुग्छ, यी सारा फोहोर पदार्थ पिसाबसँगै बाहिर निस्कन्छ ।

तर जब मिर्गौलामा समस्या देखिन थाल्छ, यी खतरनाक चीजहरू रगतमा मिसिन थाल्छन् र हामी बिरामी पर्न थाल्छौँ । मिर्गौला निकै छिटो बिग्रने भएकोले क्रोनिक किड्नी डिजिजलाई साइलेन्ट किलर पनि भनिन्छ । तर मिर्गौला फेल हुनुअघि शरीरमा केही लक्षणहरू देखिन थाल्छ ।  लक्षणहरू यति सामान्य हुन्छ कि यसलाई चिन्नै मुस्किल हुन्छ ।

मिर्गौला खराब हुने बेलामा देखिने लक्षणहरू

  • वाकवाकी लाग्ने र बान्ता हुने

तपाईंलाई अनावश्यक रूपमा वाकवाकी लागेको महसुस भइरहेको छ र खानेकुरा खाने  बित्तिकै वाकवाकी लाग्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

  • भोक हराउँछ

मिर्गौलामा समस्या भएपछि भोक लाग्न छाड्छ । पेट सधैँ भरिएको, डम्म भएको महसुस हुन्छ । जसले गर्दा बिरामीलाई खान मनै लाग्दैन ।

  • थकान र कमजोरी

तपाई जति बेला पनि थकित र कमजोर महसुस गरिरहनु हुन्छ भने यसको एउटा कारण मिर्गौलामा खराबी पनि हुन सक्छ । केही पाइला हिँड्दै खेरि थकाइ लाग्छ र भित्रदेखि कमजोरी महसुस हुन्छ भने यस्ता लक्षणहरूलाई हल्का रूपमा लिनुहुन्न ।

  • निद्रामा समस्या

निद्रा गायब हुनु राम्रो कुरा होइन । मिर्गौलाको समस्या भएका मान्छेको निद्रा बिग्रिन्छ । भएको छ । रातभरि ओल्टे कोल्टे फर्किँदै समय बित्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

  • धेरै वा कम पिसाब आउनु

सामान्य मानिसले दिनमा ६ देखि ७ पटक पिसाब गर्छन् । तर तपाई यो भन्दा धेरै पटक पिसाब गर्नुहुन्छ वा दिनमा ३ देखि ४ पटक मात्रै पिसाब आउँछ भने यो पनि मिर्गौला फेल हुने लक्षण हुन सक्छ ।

  • मानसिक तीक्ष्णतामा कमी

तपाई सधैँ थकित महसुस गर्नुहुन्छ, मानसिक रूपमा अलर्ट महसुस गर्नु हुन्न । कुनै पनि कुरा सोच्न र बुझ्न कठिनाइ भइरहेको छ भने यो पनि मिर्गौला फेलको लक्षण हुन सक्छ ।

  • मांसपेशी बाउँडिने र खुट्टा सुन्निने

बारम्बार मांसपेशी बाउँडिन्छ र खुट्टा र गोलीगाँठा सुन्निएको छ भने यो पनि मिर्गौला फेल भएको सङ्केत हुन सक्छ ।

  • अन्य लक्षणहरू

यसबाहेक टाटे पाङ्ग्रे देखिने गरिने छाला सुख्खा हुनु, उच्च रक्तचाप नियन्त्रण गर्न समस्या हुनु, सास फेर्न गाह्रो हुने, छाती दुखाई महसुस हुनु आदि पनि मिर्गौला फेल हुनुअघिका लक्षणहरू हुन सक्छन् ।

Previous Post

विशेष दिन आज,पूजा कसरी गर्ने ? पूजा गर्नुहोस् मनोकामना पूरा हुन्छ

Next Post

मौसम -एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा को सम्भावना

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

मौसम -एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा को सम्भावना

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.