HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मुखको गन्ध हटाउनेदेखि पेट सफा गर्नेसम्म पुदिना,थाहा पाउनुहोस १२ लाभ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मोही वा सर्बतमा पुदिनाको दुई-चार पात मिसाइदिनुहोस्, त्यसको सुगन्ध नै फरक हुन्छ । स्वाद त छँदैछ । यसरी पिउँदा पाचन यन्त्र पनि चुस्त हुन्छ ।

पेट ढुस्स भएको बखत पुदिना चपाउनुहोस्, क्षणभरमै राहत मिल्छ । खासमा पाचन शक्ति बढाउने असाध्यै गुणी वनस्पति हो यो । अपच भएमा, सास गन्हाएमा, पेटमा जुका परेमा र श्वासप्रश्वासको समस्या भएमा पुदिना उपयोगी हुन्छ ।

के हो पुदिना ?

पुदिना सुगन्धित र औषधीय गुणले भरिपूर्ण वनस्पति हो । यो बाह्रमासे वनस्पति जापानी मिन्ट, मेन्थोलको प्राथमिक स्रोत हो । पुदिना केही प्रजातिका हुन्छन् । यद्यपि औषधि र खानका लागि मेन्था स्पिक्टा लिन्न प्रजाति प्रयोग गरिन्छ । यस पुदिनालाई पहाडे पुदिना पनि भनिन्छ ।

पुदिनालाई न रोप्न झन्झट छ, न हुर्काउन, न गोडमेल गर्न । अलि मलिलो माटोमा सजिलै फैलिने पुदिनालाई आयुर्वेदमा विशेष मानिन्छ ।

-पुदिनामा कफनाशक गुण हुन्छ ।

-ज्वरो, खोकी, हैजामा उपयोगी मानिन्छ ।

-ग्यास्ट्रिकबाट बच्न वा कतिपय दुखाइ कम गर्न मद्दत गर्छ ।

-अपच हुँदा पनि पुदिना खानु लाभदायक हुन्छ ।

के पाइन्छ पुदिनामा ?

पुदिनामा खास केही पोषक तत्व पाइन्छन् । यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटेसियम, आइरन, म्याग्नेसियम, क्याल्सियम, फाइबर पाइन्छ ।

स्वास्थ्यदेखि सौन्दर्यसम्म

आज विश्वभरका कतिपय उत्पादनमा पुदिनाको उपयोग गरिन्छ । यसलाई मूलतः औषधिमा प्रयोग गरिन्छ । त्यसबाहेक पेय पदार्थ, पान मसलादेखि सौन्दर्य प्रसाधनसम्ममा पुदिनाको प्रयोग गरिन्छ ।

पुदिनाका १२ लाभ

  • खानामा स्वदिष्ट पुदिना एक राम्रो मुख ताजा राख्ने (माउथफ्रेसनर) पनि हो ।
  • पुदिना पाचन क्रियाको लागि सर्वोत्तम विकल्प हो ।
  • गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।
  • बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।
  • मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।
  • पुदिनाले केही प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।
  • यात्रा गर्दै हुनुहुन्छ र बान्ता हुने समस्या छ भने पुदिना सेवन गर्नुहोस् । यसले बान्ता रोक्छ ।
  • पेटको दुखाइ, अरुचिमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केही नुन हालेर पकाएर खान सकिन्छ ।
  • प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।
  • पुदिनालाई पानीमा उमालेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय-समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।
  • पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केही दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।
  • हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।
Previous Post

शनिबार शनि देवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ?जप्नुहोस् यी मन्त्र हुने छ मनोकामना पुरा

Next Post

तपाई छिटो हिँड्नु हुन्छ ? छिटो हिँड्नुका फाइदा

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

तपाई छिटो हिँड्नु हुन्छ ? छिटो हिँड्नुका फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.