HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एक हप्तादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति मन्दि‍र परिसरमा भेटिएकी छन् ।पारिवारिक स्रोतले स्नेहालाई पशुपति मन्दिर परिसर क्षेत्रमा फेला पारिएको जनाएको छ । तर उनी कस्तो अवस्थामा भेटिएकी हुन् भन्ने परिवारले अहिलेसम्म खुलाएको छैन ।

स्नेहा पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको थियो। उनलाई आरती हुने क्षेत्रमा फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने ७ दिनदेखि बेपत्ता थिइन् ।

काठमाडौंको कलंकीस्थित मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ प्रथम सेमेस्टरमा अध्ययनरत उनी वैशाख १९ गतेदेखि बेपत्ता भएकी थिइन् । उनको मोबाइल त्यही दिनदेखि बन्द थियो ।

स्नेहा हराएपछि उनका परिवारका सदस्य र आफन्तजनहरु खोजीमा लागिरहेका थिए ।

स्नेहाका काका दीपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएका बेला कलेज ब्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् ।

मामाघरको सानो गल्लीबाट बिहान ११ बजेर ५७ मिनेटमा उनी कलंकी खसीबजारतिर जाँदै गरेको सीसीटीभी फुटेज भेटिएको थियो ।

कालो पाइन्ट र सर्ट लगाएकी उनी खसी बजारबाट चक्रपथको बस चढेको सीसीटीभीमा भेटिएको थियो ।

स्नेहा सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरकी विद्यार्थी हुन् । उनले एसईई सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उत्तीर्ण गरेकी थिइन् ।

Previous Post

जसकाे सेवन बाट बढी प्रोटिन हुने बहुगुणी झुसे करेला,यि अपत्यारिला फाइदाहरु

Next Post

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.