HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नरिवल खाँदा महिला पुरुषलाई हुन्छ यती धेरै फाइदा, थाहा पाउनुहोस्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नरिवल विभिन्न प्रकारका हुन्छन् । पानी भएको नरिवल, जटा भएको नरिवल र सुख्खा नरिवल । विभिन्न प्रकारका नरिवल स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक मानिन्छ । नरिवल स्वादिष्ट हुनुका साथै स्वस्थवद्र्धक पनि हुन्छ । त्यसैले धेरै मानिसहरुले यसलाई आफ्नो खानामा समावेश गर्छन् ।

नरिवलको सेवन सबै उमेरका मानिसहरुका लागि आवश्यक हुन्छ । विशेषगरी महिलाले सुख्खा नरिवल किन खानुपर्छ भनेर यहाँ जानकारी दिइँदैछ। सुख्खा नरिवललाई विभिन्न तरिकाले खानामा प्रयोग गर्न सकिन्छ । नरिवलले गुलिया खानेकुराको स्वाद र पोषक तत्वमा वृद्धि गर्छ ।यो सबै मानिसहरुका लागि फाइदाजनक हुन्छ तर महिलाका लागि यसको फाइदा अलि बढी नै हुन्छ । यसले महिलामा रक्तअल्पत्ता वा रगतको कमी हुन दिँदैन । साथै गर्भावस्थामा पनि यसको सेवन लाभदायक मानिन्छ ।

सुख्खा नरिवलमा पोषक तत्वःभिटामिन बीसिक्स:– क्याल्सियम:– एन्टीअक्सिडेन्ट्स:महिलाका लागि सुख्खा नरिवलका फाइदाःसुख्खा नरिवल खाँदा स्वास्थ्यले विभिन्न प्रकारको लाभ पाउँछ । यदि तपाईं यसको नियमित सेवन गर्नुहुन्छ भने तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ । साथै गर्भावस्थामा पनि यसको सेवन गर्न सकिन्छ । सुख्खा नरिवलले महिलामा हुने यूटीआईको समस्याबाट पनि राहत प्रदान गर्छ । सुख्खा नरिवलका फाइदा यस प्रकारका छन्:

१. आइरनको कमी हुन दिँदैनःधेरैजसो महिलामा रक्तअल्पत्ता देखिन्छ । महिलामा आइरनको कमी एउटा ठूलो समस्या हो । यसले महिलालाई कमजोरी महसुस गराउँछ जसका कारण थुप्रै समस्या निम्तिने गर्छन् । सुख्खा नरिवलमा निकै राम्रो मात्रामा आइरन पाइन्छ, त्यसैले यसलाई महिलाका लागि फाइदाजनक मानिन्छ ।नरिवललाई खानामा समावेश गर्दा आइरनको कमीको समस्यालाई केही हदसम्म टाढा राख्न सकिन्छ । यसमार्फत् निकै सजिलै हिमोग्लोबिन बढाउन सकिन्छ ।

२. मुटुका लागि फाइदाजनक सुख्खा नरिवलःसुख्खा नरिवलमा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईंको हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ । हुन त एन्टीअक्सिडेन्ट तपाईंको सम्पूर्ण स्वस्थका लागि आवश्यक हुन्छ तर मुटु रोगबाट बच्नका लागि यो एक आवश्यक पोषक तत्व हो । नरिवलमा फिनोलिक तत्व हुन्छ जुन एक एन्टिअक्सिडेन्ट हो । यो तत्वले तन्तुलाई अक्सिडेटिव क्षती हुनबाट जोगाउँछ । नरिवलले हृदयघातको खतरालाई पनि कम गर्छ ।

३. जोर्नी दुखाईमा लाभकारीःमहिलालाई जोर्नी दुखाईको समस्या अत्यधिक हुन्छ । यो एक अत्यन्त पीडादायी समस्या हो । यो समस्याबाट जोगिनका लागि तपाईंले आफ्नो खानामा सुख्खा नरिवल समावेश गर्नुपर्छ । यसमा थोरै मात्रामा क्याल्सियम पनि पाइन्छ जसले हड्डीलाई बलियो बनाउँछ । साथै, यसमा भएका अन्य पोषक तत्वले तपाईंको सम्पूर्ण शरीरलाई बलियो बनाउँछ ।

४. गर्भावस्थामा फाइदाजनक छ सुख्खा नरिवलःसुख्खा नरिवललाई गर्भावस्थाका बेला पनि निकै सहज तरिकाले खान सकिन्छ । यसले महिलाको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यो तपाईंको भ्रुणका लागि पनि फाइदाजनक छ । नरिवलमा फ्याटी एसिड हुन्छ जसले शिशुको विकास र वृद्धिमा मद्दत गर्छ । त्यसैले गर्भावस्थामा तपाईंले सुख्खा नरिवलको सेवन कुनै न कुनै रुपमा पक्कै पनि गर्नुपर्छ ।

५. प्रतिरोधी क्षमता:सुख्खा नरिवल पोषक तत्वले भरपुर हुन्छ । यसमा भिटामिन, क्याल्सियम, म्याग्निज, प्रोटिन र आइरन निकै राम्रो मात्रामा पाइन्छ । यस्तोमा यसको सेवनले तपाईंको प्रतिरोधी क्षमतालाई बढाउन सकिन्छ । सुख्खा नरिवलले तपाईंको प्रतिरोधी क्षमता बढाएर रोगबाट लड्न पनि सहयोग गर्छ ।

७. दुधको मात्रा बढाउँछःस्तनपान गराउने महिलाका लागि सुख्खा नरिवलको सेवन निकै फाइदाजनक मानिन्छ । किनभने यसको सेवनले दुधको उत्पादन बढाउँछ । साथै, शिशुले पनि आवश्यक पोषक तत्व पाउँछ । प्रसवपछि यदि नियमित रुपमा नरिवल खाइन्छ भने बच्चाको विकासमा मद्दत मिल्छ । नरिवलमा लरिक एसिड हुन्छ जसले दुधको उत्पादन बढाउन मद्दत गर्छ ।

७. पिसाबको संक्रमणबाट जोगाउँछःमहिलाले धेरैजसो पिसाबको संक्रमणसँग जुध्नुपर्छ । नरिवलको सेवन गर्दा पिसाबको संक्रमणबाट जोगिन सकिन्छ । वास्तवमा नरिवलले पिसाबको संक्रमण पैदा गर्ने ब्याक्टेरिया रोक्छ । नरिवल खाँदा युटिआईजस्तो गम्भीर संक्रमणलाई पनि रोक्न सकिन्छ । योनीलाई स्वस्थ राख्नका लागि पनि तपाईं नरिवलको सेवन गर्न सक्नुहुन्छ । नरिवल पानीले पिसाबको संक्रमणलाई जोगाउने गर्छ ।

Previous Post

अजिनोमोटोको प्रयोग गर्नुहुन्छ ? एक चोटी अबश्य पढ्नुहोला

Next Post

इलाम २ बाट निर्वाचित नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

इलाम २ बाट निर्वाचित नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.