गर्भावस्था एक विशेष संवेदनशील अवस्था हो । गर्भवतिले आफ्नो स्वास्थ्यको धेरै नै ख्याल राख्नुपर्छ । गर्भवति महिलाले आफ्नो मनलाई प्रशन्न राख्नुपर्छ र कुनै पनि चिन्ता वा भय लिनुहुन्न किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ त्यसैले गर्भधारणको अघि देखि नै महिलाले सन्तुलित भोजन गर्नुप
१.ओखर
गर्भावस्थामा ओखर खानु धेरै राम्रो मानिन्छ,ओखरमा प्रोटिन र फाइबर पनि पाइन्छ ।
२.पालुंगो
पालुंगोको सागमा क्याल्सियम तथा आइरनतत्व प्रशस्त मात्रामा पाइन्छ । यसले गर्भवति महिलाको शरीरमा रगतको कमी हुनदिदैन र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा फाइदा पुर्याउछ ।
३.गेडागुडी
गर्भवतिले गेडागुडी खानुपर्छ । यसबाट प्रोटिन, आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम जस्ता धेरै पोषक तत्व प्राप्त हुन्छ । यो फाइबरको पनि राम्रो स्रोत हो, यसले गर्भावस्थामा हुने कब्जियतको रोकथाम गर्न सहयोग पुर्याउछ ।
४.बदाम
गर्भमा रहेको शिशुको हड्ढी,दाँत तथा स्नायुहरुको विकाशमा बदामले मद्दत गर्दछ । यसले गर्भवति आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।
५.दुधजन्य
गर्भावस्थामा दुध वा दुध जन्य पदार्थको सेवन गर्नुपर्छ । यसबाट गर्भवतिलाई आवश्यक पर्ने पोषक तत्व प्राप्त हुन्छ । गर्भवति महिलाले दिनमा एक लिटर दुधपिउनु राम्रो हो । गर्भावस्यामादही,चिज,पनिरको सेवन पनि लाभदायक हुन्छ ।
६.दही
दही प्रोटिन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्र्रडी बलियो पार्नुका साथै शिशुको स्वस्थ हड्र्रडी विकास गर्ने सहयोग पुर्याउछ ।
७.फलफूल
प्रशस्त मात्रामा ताजा फलफूल खाँदा गर्भावस्थाको सुरुवाती अवस्थामा आउनसक्ने कमजोरीबाट बच्न सकिन्छ । फलफूलमा भिटामिन भरपुर हुन्छ, जसले शरीरमा उर्जा र शक्ति प्राप्त गर्न सहयोग पुर्याउछ ।
८.फलामयुक्त खाना
गर्भावस्थाको पहिलो चरणमा फलामयुक्त खाने कुराको आवश्यक पर्छ । यसले आमा र गर्भको बच्चामा रक्तसंचार राम्ररी गराउछ । चुकन्दर,ड्राइ फ्रुट, पालक आदिमा फलाम पााइन्छ ।
९.अन्डा
गर्भावस्थामा अन्डा खानु राम्रो हुन्छ । अन्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भुमिकानिर्वाह गर्छ । यसमा प्रशस्त मात्रामा भिटामिन र खनिजतत्वहरु पाइन्छ ।
१०.भिण्डी
भिण्डीमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।







Discussion about this post