वजन धेरै हुनु स्वास्थ्यका लागि खतरनाक हो । मोटोपनाका कारण शरीरमा अनेकौँ समस्या निम्तिन्छ । तर वजन कम हुँदा पनि उति नै हानिकारक हुन सक्छ । शरीर दुब्लो पातलो हुँदा कुपोषण हुन सक्छ । अस्टियोपोरोसिस, हाइपोथर्मिया हुन सक्छ । मांसपेशीमा बल हुन्न । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ । दुब्लो पातलो मान्छेले यस्ता अनेक गम्भीर स्वास्थ्य समस्या भोग्न सक्छन् ।
तपाईँ पनि अति नै दुब्लो पातलो हुनु हुन्छ भने कसरी मोटाउने भन्ने चिन्ताले ग्रस्त हुनु हुन्छ होला । जति खाँदा पनि मोटाउनु भएको छैन भने यो लेख तपाईँको लागि हो । यो लेखमा हामी चिकेन-मटन नभई शाकाहारी भोजन गरेरै तौल बढाउन सकिने उपायहरूबारे कुराकानी गर्न गइरहेका छौँ ।
आफ्नो भोजनमा प्रोटिन भरपुर मात्रामा पाइने बदाम र ड्राई फ्रूट्स समावेश गर्नुस् । यसमा राम्रो मात्रामा हेल्दी फ्याट र कोलोरिज पाइन्छ, जुन वजन बढाउन सहयोगी हुनेछ । आफ्नो आहारमा क्विन्वा सामेल गर्नुस् । यसमा ९ खालका एमिनो एसिड पाइन्छ । यसले पनि तौल बढाउन मद्दत गर्दछ ।
मोटो र बलियो बन्न चाहने हो भने नियमित रुपमा दाल, मटर, चना, भटमासको भरपुर सेवन गर्नुस् । तौल बढाउन चाहनेहरूले आफ्नो आहारमा सखरखन्डा पनि समावेश गर्न सक्छन् । सखरखन्डा प्रोटिन, फाइबरको साथसाथै क्यालोरीको राम्रो स्रोत हो ।
तपाई ज्यादै पातलो हुनु हुन्छ भने भात खान नछाड्नुस् । भात कार्बोहाइड्रेट राम्रो स्रोत हो । एभोकाडो पनि उपयोगी हुन सक्छ । यसमा फ्याट, एन्टीअक्सिडेन्ट, भिटामिन उच्च मात्रामा पाइन्छ । यसको सेवनले तौल बढाउन तपाईँलाई मद्दत गर्नेछ ।







Discussion about this post