मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित छिटफुट वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भागका केही स्थानहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
महाशाखाले तराईका भूभागमा अझै अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना रहेकोले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले तातो हावा तथा तातो लहरबाट बच्न सकेसम्म सुतीको कपडा लगाउने, बाहिर निस्कनै पर्दा टाउको छोप्ने, पानी तथा जुस, सर्वतजस्ता झोल पदार्थ बढी मात्रामा पिउन सल्लाह दिएको छ ।






Discussion about this post