HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बेलायतमा सरकारले गर्यो यस्तो व्यवस्था – बुढेसकालमा पनि बच्चा जन्माउन सकिने,

हो खबर by हो खबर
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ना–नातिना खेलाउने उमेरमा परिवार सुरु गर्ने भन्ने कुरा आफैंमा अचम्मको हो । तर, बेलायतमा यो अब सम्भव हुने भएको छ । बेलायतमा मानिसहरु अब ७५ वर्षको उमेरमा पनि आमा–बाबु बन्न सक्ने भएका छन् । बोरिस जोनसनका सरकारले शुक्रकीट, डिम्ब र भ्रुण नै फ्रिज गर्ने समयसीमालाई बढाइदिएको छ । पहिले १० वर्ष रहेको यसको समयावधी अब ५५ वर्ष गराइएको छ । बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदका अनुसार यो प्रस्ताव चाँडै नै संसदमा पारितका लागि पेश हुने भएको छ ।

मन्त्री जाविदले वर्तमान स्टोरेजको समयसीमा मानिसहरुका लागि परिवार शुरु गर्ने जस्तो महत्वपूर्ण फैसला लिनका लािग बाधा भइरहेको बताए । नयाँ कानून मानिसहरुको दिमागमा चलिरहेको हलचललाई बन्द गराउने उनको तर्क थियो । स्वास्थ्य मन्त्री जाविदले भने, ‘यो कदम मानिसहरुको प्रजनन् र समानताको मुक्ति तर्फको ‘ठूलो कदम हो’ किनकी सबैका लागि समान नियम लागू हुनेछ ।’

यो फैसलाले मानिसहरुलाई परिवार नियोजनको तयारीका लागि निश्चित समय पाउने छन् । ७५ वर्षको उमेरमा प्रजजन् क्षमता ह्रास भएका कुनै पुरुष बाबु बन्न चाहे उनका लागि यो सुविधा महत्वपूर्ण हुनेछ । ती पुरुषले आफूले २० वर्षको उमेरमा फ्रिज गरेको स्पर्मको प्रयोग गरेर बाबु बन्न सक्छन् ।

बेलायतमा सामाजिक कारणले दुई तिहाई महिलाहरु ३५ वर्षको उमेरमा आफ्नो डिम्ब फ्रिज गराउने गरेका छन् । यो उमेरमा उनीहरुको प्रजनन क्षमता तीब्ररुपमा घट्ने गरेको छ । यस्तो अवस्थामा ती महिलाहरुका लागि सरकारको यो निर्णय फलदायी हुने भएको छ । उनीहरु पनि अब २० वर्षको उमेरमा आफ्नो डिम्ब सुरक्षित गर्न सक्नेछन् ।

यसका साथै आगामी १० वर्षमा गर्भधारण गर्ने बाध्यता पनि हुने छैन । ह्युमन फर्टिलाइजेशन एण्ड एम्ब्रियोलोजी अथोरिटीका अध्यक्ष जुलिया चेनले जति चाँडै एक महिलाले आफ्नो डिम्ब फ्रिज गर्छिन्, त्यसपछिको आइबीएफ गर्भधारणको सम्भावना त्यति नै उत्तम हुने बताउँछिन् । बेलायत फर्टिलिटी सोसाइटीका अध्यक्ष डा. राज माधुरले यसबाट गम्भीर रोगसँग लडिरहेका मानिसका साथै सामान्य दम्पतीलाई पनि यसले मद्दत पुर्याउने बताउँछन् ।

यसरी गएका ८ वर्षमा डिम्ब फ्रिज गराउने महिलाहरुको संख्या १० गुणा बढेको बताइएको छ । बेलायतको स्वास्थ्य र समाज हेरचाह विभाग (डीएचएससी)ले यो परिवर्तन रोयल कलेज अफ अब्स्टेट्रिशियनको रिसर्चको रिपोर्ट पश्चात दिइएको सल्लाहको आधारमा भएको हो । एजेन्सी 

Previous Post

के सपनामा विवाह भएको देख्नु भयो ? शुभ कि अशुभ ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख ८ गते शनिवार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ बैशाख ८ गते शनिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.