सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।







Discussion about this post