HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

किन गर्भवती अवस्थामा मस्त निन्द्रा लाग्दैन ? आउनुस जानौं,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्म हुनुपूर्वको अवधि हो । यो अवधि कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ।

यो अवधिमा शिशुको शारीरिक (जस्तैः आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको) वृद्धि र विकास हुने हुँदा गर्भावस्थामा महिलाहरु शारीरिक तथा मानसिक पीडाबाट गुज्रनुपर्छ ।

यस क्रममा महिलालाई भरपुर आरामको जरुरी हुन्छ । शिशु जन्माइसकेपछि आमाको निद्रा खल्बलिन्छ । मस्त निदाउन पाउँदैनन् । बच्चालाई दुध खुवाउन, दिसा पिसाब सफा गरिदिन राती पटक पटक जाग्नुपर्ने हुन्छ । यद्यपि बच्चा जन्मनुअघि गर्भावस्थामा पनि कतिले पर्याप्त निद्रा लिन पाउँदैनन् ।

गर्भावस्थामा पर्याप्त निद्रा लिन नसक्नु आम समस्या हो । तर, गर्भावस्थाको तेस्रो चरणमा स्थिति अरु बढी खराब हुनसक्छ । यसले तपाईमा बेचैनी ल्याउनका साथै, डिप्रेसनको भय बढाइदिन्छ ।

के कारणले तपाईको गर्भावस्थामा निन्द्रा विथोलिन्छ त ? आउनुस जानौं ।

बच्चा चलमलाउने भएकाले
जब शिशु तपाईंको गर्भमा केहि हर्कत गर्न थाल्छ, तपाईमा थोरै बेचैनी महसुष हुन्छ । यस्तो अवस्थामा तपाईलाई राम्ररी निन्द्रा लाग्दैन । रातको समय बच्चा हलचल गर्न थाल्यो भने पनि तपाईंको निन्द्रा टुट्न सक्छ । यसको कुनै निदान छैन । यद्यपि बच्चा गर्भमा चल्न थाल्यो भने बुझ्नुहोस् बच्चा स्वस्थ्य र सक्रिय छ । बिस्तारै तपाईंलाई यसमा बानी पर्न थाल्छ ।

खुट्टा बाउडिने
खुट्टा बाउडिने वा दुख्ने समस्याले गर्भावस्थामा निकै दुख दिन्छ । यो धेरैलाई हुनसक्ने समस्या हो । शिशुको केहि अंगमा दबाव पर्दा खुट्टामा रक्तप्रवाह हुँदैन । यसले खुट्टा बउडिन्छ ।

रातको समय यस्तो समस्याले तपाईंको निद्रा बिथोल्छ । यसबाट छुटकारा पाउनका लागि मांसपेशीलाई मसाज गर्नुहोस् र आइस प्याक लगाउनुहोस् । पर्याप्त मात्रामा पानीको सेवन गरौं ।

पटक-पटक पिसाब लाग्नु
गर्भावस्थामा मिर्गौलाले सामन्य भन्दा बढी तीब्र गतिमा काम गर्न थाल्छ । सामन्यको तुलनामा गर्भावस्थामा मिर्गौलाले रगत सफा गर्ने काम ५० प्रतिशत बढी गर्छ । यसैको परिणामस्वरुप पटक पटक पिसाब लाग्छ । गर्भावस्थाको तेस्रो चरणमा तौल बढ्ने हुँदा तपाईंको पिसाब थैलीमा पनि दबाब पर्छ ।

यहि कारण स्थिती थप खराब हुन्छ । पटक पटक पिसाब लाग्छ । यसले गर्दा खासगरी रातको समयमा राम्ररी निन्द्रा लिन पाइदैन । यस्तो परिस्थितीबाट बच्नका लागि रातको तुलनामा दिनमा धेरै पानी पिउनुपर्छ । हुन त यहि नै समाधान होइन । तर, केहि मात्रामा भएपनि राहात मिल्छ ।

खुट्टामा कमजोरी
गर्भावस्थाको क्रममा तपाईंले पोषणयुक्त खानेकुरा लिनुपर्छ ताकि शिशुको स्वास्थ्य ठीक रहोस् । गर्भावस्थामा आइरनको कमीले पनि खुट्टामा कमजोरी महसुष हुन्छ ।

यहि कारण खुट्टा झमझाउँछ र पटक पटक खुट्टा हल्लाउन मन लाग्छ । यस्तो अवस्थामा खुट्टालाई थोरै स्ट्रेच गर्नुहोस् । सक्नुहुन्छ भने पैदल हिँड्नुहोस् । यसपछि आरमले निन्द्रा लाग्न सक्छ।

आरमदायक आसन नमिल्दा समस्या
गर्भावस्थामा पेटको आकार ठूलो हुन्छ । यसले गर्दा कुनैपनि आसनमा सुत्दा आरम मिल्दैन । निन्द्रा लागेपनि हल्का पोजिसन बदल्नसाथ निन्द्रा खल्बलिन्छ ।

गर्भावस्थामा तपाइले मुलायम विछ्यौना, सिरानी प्रयोग गर्नुपर्छ, जसले पेटमा साहारा मिलोस् । बायाँतर्फ ढल्किएर सुत्ने बानी गर्नुहोस् । किनभने यस्तो पोजिसनमा बच्चाको रक्त प्रवाह राम्रो हुन्छ ।

तनाव
अक्सर महिला प्रसव र आमा बनेपछि मोल्नुपर्ने चुनौतीबाट चिन्तित हुन्छन् । प्रसवको बेला हुने पीडालाई सम्झिएर पनि मन बेचैन हुन्छ । यहि कुराले गर्भावस्थामा चैनको निद्रा लाग्दैन ।

जब तपाईमा बेचैनी हुन्छ, गहिरो स्वास लिनुहोस्, गित संगीत सुन्नुहोस् र रिल्याक्स गर्नुहोस् ।

Previous Post

हुन्छन् यस्ता बेफाइदा, दिउँसो सुत्दा

Next Post

कागती पानीको सेवनले हुन्छ यस्ता अनेकौं फाइदा ,आउनुस जानौं,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

कागती पानीको सेवनले हुन्छ यस्ता अनेकौं फाइदा ,आउनुस जानौं,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.