HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

युवा अवस्थामा ढाड दुखाइको समस्या किन बढदै छ ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । हरेक १० जनामा ८ जनाले आफ्नो जीवनकालमा ढाड दुख्ने समस्या भोग्नु परेको हुन्छ । सामान्यतः ढाड दुखाइ उमेर बढ्दै गएपछि देखिन्छ तर अहिलेको अवस्थामा ढाड र कम्मर दुखाइ युवा अवस्थामा देखा परि रहेको छ । ढाडको दुखाइ भनेको के हो रु किन दुख्छ ढाडरु यसको लक्षण रु कसरि रोकथाम गर्न सकिन्छ।
ढाडको दुखाइ भनेको के हो ?

ढाडको दुखाइ भनेको मेरुदण्डको हड्डी, नसा च्यापिँदा, त्यहाँको कुरकुरे हड्डी यानिकी डिस्क वा सम्बन्धित मांसपेसीको दुखाइ नै हो। यस्तो दुखाइ छोटो समयको लागि वा लामो समयको लागि पनि हुन सक्छ। मेरुदण्डको लामो दुखाइले मानिसको दैनिकीमा प्रभाव पार्ने भएकोले यसले अप्रत्यक्ष रुपमा सामाजिक एवं आर्थिक रुपमा नै प्रभाव पारिरहेको हुन्छ। ढाडको दुखाइ धेरै जसो २०/३० बर्षका युवामा देखिने गर्छ । दुखाइ सामान्य किसिमको छ भने सामान्य उपचारले नै निको पार्न सकिन्छ ।

ढाड दुखेको कसरी थाहा पाउने ?

ढाडको मांसपेसीमा तनाव भई धेरै बेर एउटै आसनमा बस्न नसक्नु।
लामो समयसम्म उभिँदा वा बसिरहँदा ढाडको मांसपेसी दुख्नु।
कम्मरको पछाडिको भाग, नितम्ब र खुट्टाहरु झमझम गर्नु।
खुट्टा, नितम्बको वरिपरि अचेत हुने, कमजोर वा पीडा हुने।
छिट्टो थकाइ महसुस हुने।
दिसा, पिसाब कन्ट्रोल नहुने वा बन्द हुने।
दुखाइ खुट्टासम्म सर्दै जानु
हिँड्दा खुट्टा कमजोर हुनु
खुट्टामा प्यारालाइसिस समेत हुनसक्छ

ढाड दुख्ने कारणहरु के–के हुन्?

उमेर बढदै जाँदा मानिसमा ढाडको हड्डी खिइने, हड्डी पातल समस्याले गर्दा । 
अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्दा ।
बालबालिका र युवाहरुमा बांगिएको मेरुदण्ड भएकाले ।
मधुमेह, मोटोपना, तनाव, गर्भवती महिला, स्पाइनको क्यान्सर, किड्नीको इन्फेक्सन आदिका कारण ।
कामको बढ्दो बोझ ।
मेरुदण्ड चिप्लिनु ।
मेरुदण्डको हड्डी सर्नु, हड्डी भाँच्चिनु, जोर्नी खिइएर जानु ।
हाड कमजोर हुनु ।
पेटमा हुने समस्या, दिसा–पिसाबमा हुने इन्फेक्सनका कारण पनि ढाड दुख्ने हुन्छ ।
नशा च्यापिनु ।
पित्तथैलीको स्टोनले गर्दा ।

कस्ता व्यक्तिमा ढाड दुखाइको समस्या बढि हुनसक्छ ?

उमेर बढदै जाँदा
हड्डी कमजोर हुने बेलामा जस्तै ६० नाघेका व्यक्तिमा
दैनिकि कामले जस्तै एउटै पोजिसनमा बसेर काम गर्ने व्यक्तिमा
भारिकाम गर्दा वा उचाल्दा पछाडिको दुईटा हडि बिचको डिस्क फुतकिदा
धोरे धूम्रपान मद्यपान गर्ने व्यक्तिलाई
कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्ने व्यक्तिमा

कुन दुखाइमा अस्पताल जाने ?
धेरै जसो मांसपेसीको दुखाइ घरमा आफै निको पार्न सकिन्छ । तर घरेलु उपचार र दुखाइ कम गर्ने औषधि खाँदा पनि निको भएन भने र निम्न लिखित अवस्थामा चिकित्सकीय सल्लाह लिन जरुरी हुन्छ।

दुखाइ दुई हप्ता भन्दा धेरैको छ र घरायसि उपचारले ठिक भएन भने
ढाड दुखाइले खुट्टा झमझम र खुट्टा लुलो हुन्छ भने
दिसा, पिसाब कन्ट्रोल नहुने
युवा अवस्थामा बिहान उठदा साह्रो दुखाइ भएमा
ढाड दुखाइको घरेलु उपचार

ढाड दुखाइ हुदा सामान्य हिडुल गर्ने ।
धेरै सुति नराख्ने ।
दुखाइ भएको बेला आईस प्याक अथवा चिसोले सेक्ने । आईस प्याक २/२ घण्टाको फरकमा २ दिन सम्म प्रयोग गर्ने ।
मासुको डलो जस्तो छ यस्तो बेला हट वाटर अथवा तातोले सेक्ने ।
दुखाइ कम गर्ने औषधि फ्यक्जन खान सकिन्छ ।
फिजियोथेरापी वा सामान्य व्यायाम गर्ने सकिन्छ ।
यसो गर्दा धेरै जस्तो बिरामि १० जनामा ९ जना लाई आराम हुन्छ ।
ढाड दुखाइको उपचार विधि
दुखाइ दुई हप्ता भन्दा धेरैको छ र घरायसि उपचारले ठिक भएन भने चिकित्सकलाई जाँच गराउनु पर्छ । चिकित्सकले बस्ने, उभिने, हिड्ने र खुट्टा उठाउने क्षमता हेरि आवश्यक्ता अनुसार एक्सरे, सिटी स्क्यान वा एमआरआई गरेर के कारणले ढाड दुखाइ भएको जस्तै मेरुदण्डको समस्या, मेरुदण्डको क्यान्सर, नसा च्यापिएको, लिगामेन्ट मांसपेशीको समस्या, डिस्कको समस्या, स्कोलियोसिस, कम्प्रेसन फ्याक्चर (जुन बूढेसकालमा महिलाहरूमा बढी हुन्छ) पत्ता लगाउन सकिन्छ ।
अकुपञ्चर:अकुपञ्चरले शरीरको विशिष्ट बिन्दुहरूमा छालामा पातलो बाँझ सुईहरू घुसाउँछ जसले ढाड दुखाइ कम गर्न मदत गर्दछ । यो उपचारमा दुखाइका लागि उपयोगी हुन सक्ने वैज्ञानिकले प्रमाणीत गरेको छ।
टेनस : ट्रान्सक्युटेनियस इलेक्ट्रिकल नर्भ स्टिमुलेशन ( टेनस ) यो छालामा राखिने ब्याट्रीबाट चल्ने यन्त्र हो । यसले दुखाइको ठाँउमा विद्युतीय आवेगहरू पुर्‍याउँछ जसले ढाड दुखाइ कम गर्न मदत गर्दछ ।
मसाज : तनावपूर्ण वा अत्यधिक काम गर्ने मांसपेशीहरूको कारण ढाड दुखाइको लागि, मसाजले मद्दत गर्न सक्छ।
योग : दुखाइ कम गर्ने धेरै प्रकारका योगहरू छन् । योग गरेर ढाड दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । योगले मांसपेशीहरू तन्काउन र बलियो बनाउन र मुद्रा सुधार गर्न सक्छ।

शल्यक्रिया : दुखाइ औषधि सेवन गरेर, व्यायाम गरेर र फिजियोथेरापी गरेर पनि निको पार्न सकिएको छैनन् भने र समस्या गम्भीर छ, नशा च्यापिएर दिसा–पिसाब रोकिएमा वा खुट्टा लाटो भएको छ भने यस अवस्थामा शल्यक्रियाको आवश्यकता पर्न सक्छ। अहिले धेरै चिरफर नगरि दुरुपिनको माध्यमबाट पनि शल्यक्रिया गर्न सकिन्छ । सामान्यतया शल्यक्रियाको ६ हप्ता पछि आफनो काममा जान सकिन्छ ।

ढाडको दुखाइबाट जोगिने उपाय के-के हुन् ?

दैनिक ३० मिनेट व्यायाम गर्ने
लामो समयसम्म मेचमा बस्नु हुँदैन । बसे पनि कम्मर बेल्ट प्रयोग गर्ने वा पछाडि तकिया राख्ने
लामो समयसम्म नउभिने । उभिनु परे एउटा खुट्टामा सानो टुल राखेर उभिने
भारी सामान एक्लै नउचाल्ने ।
दुखेको बेला लामो समय गाडीमा यात्रा नगर्ने ।
निहुरेर धेरै काम नगर्ने ।
सन्तुलित आहार खाना खाने।
बस्दा सिँदा भएर बस्ने ।

Previous Post

सोप कुन कुन रोगको लागि लाभदायक हुन्छ ?

Next Post

के हो फिस्टुला? कसरी हुन्छ उपचार, यसका लक्षणहरु

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

के हो फिस्टुला? कसरी हुन्छ उपचार, यसका लक्षणहरु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.