प्रोसेस्ड फुड भन्नाले बजारमा चलिरहेको चाउचाउ,चिजबल, पिज्जा, बर्गर पर्छ। यस्ता कुरा बच्चाहरुले धेरै खान्छन् र प्रोसेस्ड फुड खानेमा बच्चाहरु धेरै अगाडि पनि पर्छन्।
प्रोसेस्ड फुड सजिलै पाउने र खानलाई पकाउन केही गर्न नपर्ने भएकोले पनि बढी प्रयोगमा आएको हो। साथै यो मिठो र बच्चाहरुलाई फकाउने सजिलो माध्यम भएकोले पनि अभिभावकले पनि यसको प्रयोगमा त्यती सतर्क हुँदैनन्।
बच्चालाई एकपटक प्रोसेस्ड फुड को बानी बसिसकेपछी अरु खानु त्यती मन गर्दैनन र जब यसको धेरै प्रयोग हुन्छ यसले बिस्तारै बच्चाको स्वास्थ्य बिगार्ने थाल्दछ। झाडा, वान्ता हुनुको साथै केही खान नमान्ने, वजन घट्दै जाने जस्ता असरहरु बच्चामा देखिदै जान्छन।
प्रोसेस्ड फुड धेरै प्रयोग हुनाले बच्चालाई गर्ने असर
– पेट दुख्ने
– वान्ता हुने
– खाना खान मन नगर्ने
– गयास्ट्रिकको समस्या
धेरै अभिभावकहरुले काँचो चाउचाउले मात्र असर गर्छ र पकाएकोले असर गर्दैन भनेर पकाएको चाउचाउ बच्चाह्रुलाई दिने गर्नुहुन्छ तर चाउचाउमा अजिना मोटो भन्ने तत्व हुन्छ जुन अरु देशहरुमा प्रयोग निषेध भईसकेको छ तर हाम्रो देशमा अझै यो प्रयोगमै छ जसको कारण स्वास्थ्यमा बिभिन्न समस्या आउने जस्तै हड्डी कमजोर हुनेगर्दछ तर यति बुझ्दा बुझ्दै पनि यसको प्रयोग अझै पनि भईरहेको छ।
प्रोसेस्ड फुडले ग्यास्ट्रिक पनि हुने गर्दछ।पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, मुख बिग्रिनु, पेट भारी हुनु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। जंकफुडको अत्याधिक सेवानले ग्यासट्रिक निम्तिने गर्दछ र बच्चालाई गार्हो पनि पार्न सक्छ।
त्यसैले सबै अभिभावकहरुले सजिलो गरी पाईयो भन्दैमा बच्चाहरुलाई धेरै प्रोसेस्ड फुड खुवाउनु हुँदैन। नत्र यसले पछि गएर बच्चाको स्वास्थ्यमा नमज्जाले असर गर्छ। यी बाहिरको खानाको सट्टा बच्चाहरुलाई घरमै पाकाएको खाना खुवाउनुनै सबैभन्दा उत्तम उपाय हुनेछ।







Discussion about this post