HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बाथ रोग : कस्ता खानेकुरा खान हुँदैंन ? जानीराखौ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतः बाथरोगको समस्या बढी मात्रामा महिलालाई देखिन्छ भने पुरुष पनि यसबाट शिकार हुन्छन्। बाथ दुःखाईसँग सम्बन्धित रोग हो । सबै उमेर समूहका व्यक्तिलाई जुनसुकै समयमा पनि बाथ हुनसक्ने भए पनि जाडोको समयमा यसको असर र दुखाई निकै बढी हुन्छ । बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग होइन । बाथ हुँदा जोर्नी दुख्छ र सुन्निन्छ। यसका लागि उपचार र पेनकिलर्स दिइन्छ। तर, अनुसन्धानहरुबाट के देखिएको छ भने, यदि बाथ बढाउने खालका खाना खाइएको छैन भने यसलाई नियन्त्रण गर्न सकिन्छ। बाथ धेरै प्रकारका हुन्छन्। तिनमा ओस्टियो बाथ र रुमाटाइड बाथ बढी मात्रा हुने गरेको भएको पाइन्छ।

ओस्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ। यसले ती अंग चलाउन पनि गाह्रो हुन्छ। परिवारमा पहिला कसैलाई बाथ भएकोे छ भने यसको चपेटामा अरु सदस्य पर्ने सम्भावना बढी हुन्छ। बाथ हुँदा जोर्नी दुख्ने, सुन्निने, अंगले काम गर्न समस्या हुने, रातो हुने आदि लक्षण देखिन्छ।

के गर्ने ?

आराम गर्ने,

बाथ भएको ठाउँमा चिसो या तातोले सेक्ने,

तौल कम गर्ने,

शारीरिक अभ्यासमा जोड दिने,

जोर्नी प्रत्यारोपणको उपचार गर्ने, आदि।

बाथका रोगीले यी खानेकुराबाट बच्नुपर्छ
फ्राइ गरेको या प्याकेटको खाना
अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको (जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु आदि) खानेकुरा खानु हुँदैन। यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाइ कम गर्न सहयोग पुग्छ।

बढी तताइएको खाना
सन् २००९ मा गरिएको एक अध्ययनले बाथरोगीहरुले बढी तताइएको खाना खान नहुने तथ्य पत्ता लगाएको थियो। यस्ता खानाले पनि बाथको समस्या बढाउने गर्छ।

चिनी
आवश्यकताभन्दा बढी खाँदा जुनसुकै खाद्यपदार्थले पनि असर गर्छ। चाहे त्यो नुन होस् या चिनी। गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ। यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुँदैन।

दूधजन्य पदार्थ
दूध, दही शरीरका लागि फाइदाजनक हुन्छ। यसबाट भरपूर क्याल्सियम पाइन्छ। तर, बाथरोगीका लागि दुग्धजन्य पदार्थ हानिकारक मानिन्छ। अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाइलाई झन् बढाउँछ। यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सिमी, दाल बढी मात्रामा खानुपर्छ।

मदिरा र सुर्तीजन्य पदार्थ
मदिरा र सुर्तीजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ। झन् बाथका रोगीले त यसलाई छुनै हुन्न। यसले जोर्नी दुख्ने क्रम बढाउँछ। साथै, शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ।

Previous Post

मुत्रनलीको संक्रमण किन हुन्छ ,यसरी बचौं?

Next Post

के तपाईंको बच्चामा भककाउने समस्या छ ? बुजौ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

के तपाईंको बच्चामा भककाउने समस्या छ ? बुजौ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.