HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिलाहरुले अनुहारको अनावश्यक रौं फाल्न घरेलु उपाय,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अनिच्छित रौं (अनवान्टेड हेयर) पलाउने समस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पीडित भएको पाइन्छ ।

कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ ।
धैरैजसो महिलाको शरीरमा असामान्य ठाँउहरुमा जस्तै अनुहारमा दाह्रि-जुँगा देखिनु, स्त नको निप्पल वरिपरी रौं पलाउनु, हातखुट्टामा अनावश्यक भुत्ला देखिनु । यस समस्याबाट पीडित महिला, युवतीहरु शारीरिक एवं मानसिक तथा सामाजिक रुपले पनि पीडित भइरहेका हुन्छन् ।

यसरी महिलाको अनुहारमा पुरुषको जस्तो दाह्रि-जुँगा (रौं) पलाउनुलाई चिकित्सकीय भाषामा (हर्सुटिज्म) भनिन्छ । यस किसिमको समस्याबाट प्राय: एसियाली र अफ्रिकी मुलुकका महिला एवं युवतीहरु बढी पीडित भएको देखिन्छन् । महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ ।

अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन ।

धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै – विस्तारै रौंहरु कम गर्दै लैजान्छ ।

प्राकृतिक रुपमा रौं फाल्न के गर्ने त ?
एक चम्चा बेसनको पिठो, एक चम्चा चिनीको धुलो र एक चम्चा कागतीको रस मिसाउने र त्यसलाई अनुहारमा लगाउने । उक्त प्याक लगाएर सुख्खा भएपछि भिजेको कटनको कपडाले प्याक लगाएको विपरित दिशाबाट रगड्दै निकाल्ने । अनुहारको जुन ठाउँमा धेरै रौं छ त्यहाँ प्याक बाक्लो गरेर लगाउने ।

अनुहारमा धेरै मात्रामा रौं छ भने हप्तामा ३ पटक वा २ पटक प्रयोग गर्ने । यसले विस्तारै रौं हराउँदै जान्छ ।

कारण-

१. महिलाको शरीरमा पुरुष हार्मोन्स– एन्ड्रजन बढी भयो भने यस्तो समस्या देखिन्छ । यो हार्मोनले ओठ लगायत महिलाको शरीर भरी नै असमान्य ठाऊँहरुमा अनावश्यक रौं पलाउँछ ।

२. वंशानुगत कारणले पनि अनावश्यक रुपमा रौं पलाउन गर्छ । यदि कसैको परिवारकमा यस किसिमको समस्या देखिएको थियो वा देखीन्छ भने त्यस परिवारका महिलामा बढिमात्रामा रौं पलाउने समस्या बढि नै दैखिन्छ ।

३. कुनै निश्चित औषधि (उपचार) लामोसमयसम्म प्रयोगको असरले पनि यो समस्या देखिन सक्छ ।

४. यस्तै महिलाहरुमा देखिने पोलिसाईटीक ओभरी सिन्ड्रोम (पिओएस) रोगको कारणले गर्दा पनि अनुहारमा रौं पलाउने गर्दछ ।

५. प्रसुति एवं स्त्रीरोगका कारण लामो समय अत्यधिक मात्रामा हार्मोन युक्त औषधि सेवन गरेपनि यो समस्या देखिन्छ । किनभने अचेल अधिकांश महिला तथा युवतीहरुमा अनियमित मासिक धर्मको समस्या देखिन थालेको छ ।

महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ ।

अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन ।

धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै – विस्तारै रौंहरु कम गर्दै लैजान्छ ।

प्राकृतिक रुपमा रौं फाल्न के गर्ने त ?

एक चिया चम्चा दूधमा एक चम्चा बेसारलाई मिसाएर पेस्ट बनाउने र त्यसलाई रौं आएको ठाउँमा बिस्तारै-बिस्तारै दलेर आधी घन्टा जति छोड्दिने । त्यसपछि चिसो पानीले पखाल्ने । यसो गर्नाले लामो समय त्यस ठाउँमा रौं पलाउँदैन ।

यस्तै दुई चम्चा पानी र दुई चम्चा बेसार मिसाएर बनाएको पेस्टलाई बिस्तारै दल्नुपर्छ । करीब आधा घन्टा पछि बिस्तारै चिसो पानीले पखाल्नुपर्छ । यसबाट पनि राम्रो परिणाम देखिन्छ ।

अन्डाको सेतो भाग पनि दलेर अनावश्क रौंलाई हटाउन सकिन्छ । यसको लागि एक चम्चा अन्डाको सेतो भाग, एक चम्चा चिनी र एक चम्चा शुध्द गहूँको पिठो मिसाएर बनाएको पेस्टलाई लगाएर करीब आधा घन्टा छोड्दिने । त्यसपछि उक्काउने । यसो गर्नाले पनि लामो समयसम्म उक्त ठाउँमा रौं आउँदैन ।

Previous Post

के तपाईंको औला हेरेर थाहा हुन्छ स्वभाव ?

Next Post

थाइराइडबाट बच्न के खाने, के नखाने बुजौ यसबारे,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

थाइराइडबाट बच्न के खाने, के नखाने बुजौ यसबारे,

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २५ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.