गुल्मीमा डुबेको अवस्थामा तीन वटा शव भेटिएका छन्। एक खोल्सामा र दुई शव बडिगाड खोलामा डुबेको अवस्थामा भेटिएका हुन्।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर–६ का ४८ वर्षीय घनश्याम भण्डारी, मुसिकोट नगरपालिका–४ आरुपाटाका २१ वर्षीय सन्दीप कुमाल र गुल्मीदरबार गाउँपालिका–२ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो।
भण्डारीको शव बिहान सोही गाउँपालिकाको वडा नम्बर–५ को हंसरास्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा फेला परेको हो। मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँगै बस्दैआएका थिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ।
मृतकका श्रीमती, दुई छोरी, १ छोरासहित माइतीघर चितवनमा बस्ने गरेको प्रहरीले जनाएको छ। सन्दीपको शव शनिबार साँझ ५ बजे ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेको छ। उपल्लाखर्कका प्रिन्सको शव आइतबार दिउँसो ११ बजे सोता बडिगाड खोलामा फेला परेको हो।







Discussion about this post