HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के तपाईलाई धेरै थकान महसुस हुन्छ? यस्तो हुनसक्छ कारण,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ,स्वास्थ्य शरीरका लागि आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम तर कसैको जीवनमा पनि यो समय तालिका ठ्याक्कै मिलेको हुँदैन ।

मानिस सामाजिक प्राणी हो। उसले मेसिनमा सेटिङ गरेजस्तो लगातार काम गर्न सक्दैन । कामसँगै मनोरञ्जन र आरामको आवश्यकता पर्छ। जीवनमा सधैभर भनेजस्तो दैनिकी चलाउन कसैले सकेको हुँदैन। रातभर सुते पनि कुनै समयमा दिनभर पनि थकान र अल्छीपना आइरहनसक्छ।

मानिसलाई धेरै नै थकाइ महसुस हुने कारणहरु निम्नलिखित छन् :

शरीरमा पानीको कमी हुनु
हाम्रो शरीरमा पानीको मात्रा कम भएमा धेरै असर गर्न सक्छ। त्यसमध्ये एक प्रमुख समस्या हो थकान। यसले तापाईंलाई धेरै थकित महसुस गराउँछ। त्यसैले प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ। स्वास्थ्य शरीरका लागि पहिलो शर्त पानी हो भन्ने कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन।

आइरनको कमी
रगतमा आइरनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा कम अक्सिजन पुग्छ। यसले तपाईंलाई थकित बनाउँछ। आइरन प्रसस्त मात्रामा पाइने गेडागुडी, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुपर्छ।

ब्रेकफास्ट
ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ। बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभर नै तपाईं थकित रहने सम्भावना हुन्छ। त्यसैले ब्रेकफास्टमा नियमितता दिनुपर्छ। ब्रेकफास्टलाई हल्का बनाए पनि नियमित लिनुपर्ने कुरा बिर्सनु हुँदैन।

अनियमित व्यायाम
स्वास्थ्य शरीरका लागि आरामसँगै व्यायामको आवश्यकता अनिवार्य हुन्छ। तपाईं व्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने त्यसले थकान महसुस हुनसक्छ। तपाईंले एक दिन व्यायाम छाड्नुभयो भने पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न। शरीरमा स्फूर्तिका लागि व्यायामलाई नियमित गर्नुपर्छ।

कामको लोड र तनाव
कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु स्वास्थ्य शरीरका लागि हानिकारक छ। यसले तापाईंलाई फूर्तिलो रहन दिँदैन। याद रहोस् तनावले विस्तारै विस्तारै तपाईंलाई गलाइरहेको हुन्छ। तनाव व्यवस्थापन गर्न आफ्नो दैनिकीलाई अनुशासित बनाउनु आवश्यक छ।

Previous Post

आँखा कमजोर भएमा गर्नुस् यी योगासन,

Next Post

घ्युको सेवन गर्नेले बढाउँछ आयु,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
jar and measuring tablespoon of ghee - clarified butter

घ्युको सेवन गर्नेले बढाउँछ आयु,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.