के गर्दा डन्डिफोर आफै निको हुन्छछालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ । यस्तो समस्या तैलिया छाला भएकाहरुमा बढी देखिन्छ । यद्यपी कतिपयमा भने तैलिया छाला नभएपनि डन्डिफोर आउन सक्छ ।
युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । धुलो धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ । अनुहार रुखो, फुस्रो हुने, चाहुरिने, चाया पोतो आउने बाह्य कारण पनि यिनै हुन् ।
खासगरी किशोरवयमा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ । यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ । हाम्रो छालामा स-सना रोम-छिद्र हुन्छ । त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ । र, स-सना फोका उठ्ने, घाउ बन्ने हुन्छ ।
बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।
डन्डिफोर आउने कारण
हर्मोनमा परिवर्तन तथा खराबी ।
अनियमित महिनावारी ।
खराब खानपान ।
तनाव र अनिद्रा ।
उत्तेजना, क्रोध र भय ।
शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
लामो समयसम्म कब्जियत ।
के गर्दा डन्डिफोर आफै निको हुन्छ ?
अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् ।
सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।
डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ ।
निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।
राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।







Discussion about this post