गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन्।
उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन्।
सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको प्रस्टोक्ति दिएका थिए।
सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए।






Discussion about this post