HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शरीरलाई फाइदा गर्ने यी १० फलफूल गर्मी मौसममा खानुहोश

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी महिनामा केके फलफूल खाने भन्ने विषयमा आज हामी तपाईँलाई जानकारी गराउँछौ ।

 

मेवा

गर्मीमा खान सकिने अर्को फल हो मेवा । मेवामा भिटामिन ए, सी, फोलेट र विभिन्न फाइटोकेमिकल्स जस्ता पोषक तत्त्वहरू हुन्छन् यसले अपच कम गर्न पनि मद्दत गर्दछ । मेवा बिटा क्यारोटिनको राम्रो स्रोत पनि हो ।

यसले छालाको क्षतिलाई रोक्छ । मेवामा एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा हुन्छ र यसले क्यान्सर र गम्भीर हृदय रोगहरूबाट बचाउन मद्दत गर्दछ ।

आँप

आँपकै कारण गर्मी मन पराउने मानिसहरू धेरै छन् । आँप क्यालोरीमा उच्च भएता पनि पोषक तत्त्वको एक धनी स्रोत हो । आँपलाई ‘फलफूलको राजा’ मानिन्छ । यसमा फाइबर, २० प्रकारका खनिज र भिटामिन पाइन्छ ।

फाइबरले पाचनमा मद्दत गर्छ र पेट भरि राख्न मद्दत गर्छ । आँपमा भिटामिन ए, सी र पोटासियम पनि प्रशस्त पाइन्छ ।

स्ट्रबेरी

स्ट्रबेरीलाई छालाको समस्या, दाँत सेतो पार्ने र पाचन समस्याका लागि प्रयोग गरिन्छ । स्ट्रबेरीमा फाइबर, भिटामिन सी र म्यांगनीज पनि प्रशस्त हुन्छ । hokhabar.com 

स्ट्रबेरीमा फोलेट र पोटासियमको पर्याप्त मात्रा पनि पाइन्छ । गर्मीमा स्ट्रबेरी खाँदा छाला र स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

अङ्गुर

अङ्गुर गर्मीमा सजिलै पाइने फल हो । यो पोटासियमको एक धनी स्रोत हो । उच्च कोलेस्ट्रोल भएकाले समेत अङ्गुर खानु राम्रो मानिन्छ । अङ्गुरले मुटुलाई स्वस्थ राख्छ ।

अङ्गुरले धेरै भाइरल इन्फेक्सनलाई पनि रोक्छ र आँखाको क्षयलाई रोक्छ । यसले अपच कम गराउँछ र स्तन क्यान्सरसँग लड्न मद्दत गर्छ ।

लिची

लिची र आँप गर्मीमा मात्र पाइने दुई फल हुन्। लिची पोटासियम, पोलिफेनोल र भिटामिनको ठुलो स्रोत हो जसले शरीरलाई धेरै फाइदा गर्छ । एन्टिअक्सिडेन्टले भरिपूर्ण लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

किवी

किवी सबैभन्दा पोषक तत्त्वले भरिएको फल हो । यसमा भिटामिन ए, सी, र बी ६,  म्याग्नेसियम र फलाम पाइन्छ । किवीले रगतमा हेमोग्लोबिनको मात्रा र शरीरमा क्षारीय सन्तुलन कायम राख्न मद्दत गर्छ ।

किवीले निद्रा सम्बन्धी समस्याहरू पनि मद्दत गर्दछ । यो हृदय, छाला, कपाल र कलेजोको लागि फाइदाजनक छ ।

भूइँकटहर

भूइँकटहर गर्मीमा सबैभन्दा धेरै रुचाइने फल मध्य एक हो । भूइँकटहरले मेटाबोलिज्म बढाउन मद्दत गर्दछ । यसले उच्च रक्तचापका बिरामीलाई समेत फाइदा गर्छ ।

अम्बा

अम्बा गर्मीमा स्वास्थ्यलाई फाइदा गर्ने फल हो । अम्बा मधुमेह रोगीहरूको लागी राम्रो छ । यसले रगतमा चिनी र इन्सुलिनको स्तर सन्तुलित राख्न मद्दत गर्छ । यसमा घुलनशील फाइबर र पोटासियमको उच्च सामग्री हुन्छ ।

दिनको एउटा अम्बाले मेटाबोलिज्म, अनुहार, आँखाको ज्योति र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ। महिनावारीको दुखाइ कम गर्न अम्बा पनि खान सकिन्छ ।

आलुबखडा

आलुबखडामा प्रशस्त पौष्टिक तत्त्व पाइन्छ । यसमा फाइबर र सोर्बिटोल हुन्छ जसले कब्जियत र अन्य पाचन सम्बन्धी समस्याहरूलाई कम गर्न मद्दत गर्छ ।

आलुबखडाले रक्तचापको स्तरलाई कायम राखेर र स्ट्रोकबाट जोगाएर मुटुलाई स्वस्थ राख्छ । आलुबखडाको सेवनले स्तन क्यान्सर र टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।

तरबुजा

तरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ । यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो । तरबुजा स्वस्थ र सस्तो पनि हुन्छ । यो पानी सँगै भिटामिन ए र सी को पनि राम्रो स्रोत हो ।

भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

तरबुजामा भिटामिन बी ६ र पोटासियम पनि हुन्छ । पोटासियमले शरीरमा पानीको सन्तुलन कायम राख्छ भने भिटामिन बी६ ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

पोटासियमले मांसपेशी दुख्नबाट पनि बचाउँछ र मुटुलाई पनि स्वस्थ राख्छ । तरबुजा खाँदा छालालाई घामको किरणबाट हुने क्षतिबाट बच्न समेत मद्दत गर्छ ।

 

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० चैत १० गते शनिबार , हेर्नुहोस : राशिफल

Next Post

शनि देवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

शनि देवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.