HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कपाल झर्न रोक्ने आयुर्वेदिक उपाय यसप्रकार छन्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आयुर्वेदमा कपाल झर्नुको मुख्य कारण पित्त दोषको असन्तुलनलाई मानिएको छ । कपाल झरेर, टुक्रेर अनि हाँगा पलाएर हैरानी खेप्ने मानिसहरू थुप्रै छन् । संसारभरका मानिस यस्तो समस्याबाट पीडित छन् । उसो त एक दिनमा १०० वटासम्म कपाल झर्नुलाई सामान्य मानिन्छ तर जब यो संख्यामा बढोत्तरी हुनथाल्छ तब चिन्ता बढ्नु स्वाभाविक हुनजान्छ । असम्यक आहार–विहार, आचरण (जस्तैः असमय भोजन, चिया, कफी, मदिरा, मासु, चिल्लो, पिरो, मसलेदार खानाको अत्यधिक सेवन, चिन्ता, तनाव, अनिद्रा, आदि) ले शरीरको पित्तदोषमा असन्तुलन आउनेगर्छ। जसका कारण कपाल झर्ने क्रम बढ्न थाल्छ । पित्त दोषका कारण बाहेक शरीरमा हुने हर्मोनको गडबडी, तालुमा हुने फंगल संक्रमण, चाया, लुपस लगायतका छालाजन्य रोग र मधुमेह जस्ता रोगले गर्दा पनि कपाल झर्न सक्छ।

आयुर्वेद पद्दति मार्फत कपाल झर्न रोक्ने साथै नयाँ कपाल उमार्न र भएको कपाल समेत बढाउन सकिन्छ । शरीरको प्रकृति फरक–फरक हुने हुँदा कुनै उपचार विधि कसैका लागि प्रभावकारी नहुन पनि सक्छ । घरेलु उपचारले समस्या समाधान नभए आयुर्वेद अस्पताल, स्वास्थ्य केन्द्र वा क्लिनिक गएर आयुर्वेद चिकित्सकको परामर्श अनुसार औषधि, योग एवं आयुर्वेदिक तेल समेत प्रयोग गर्नुपर्ने हुन्छ । निम्न बमोजिमका जडीबुटी एवं उपाय अपनाएर कपाल झर्ने समस्याको घरेलु उपचार गर्न सम्भव छ ।

१. भृंगराज

एक हात हरियो पत्ता लिएर पिँध्ने वा सुकेको भए ५–६ चम्चा धुलोमा केही पानी मिसाएर लेदो बनाएर तालु र कपालमा लगाई २० मिनेटसम्म राख्ने । त्यसपछि आयुर्वेद अर्थात् जडीबुटीको स्याम्पु प्रयोग गरेर पखाल्ने । यो प्रक्रिया हप्तामा कम्तिमा ३ पटक गर्दा लाभदायी हुन्छ । यसमा अमला र तुलसीको समेत समिश्रण गर्दा झन् राम्रो हुन्छ । साथै, भृंगराज तेलले तालुमा मसाज गर्दा पनि कपाल वृद्धि हुन्छ ।

२. अमला

अमला कपाल झर्ने समस्याको समाधान मात्र होइन, यसलाई रक्त शुद्धीकरण, पाचन र रसायन (यौवन कायम गराइरहने) मा समेत प्रभावकारी जडीबुटी मानिन्छ । ५–६ चम्चा अमलाको पाउडरमा ५–६ चम्चा पानी राखी बाक्लो लेदो बनाएर तालु र कपालमा लगाएर ३० मिनेटसम्म राख्ने र स्याम्पुले पखाल्ने । यसको प्रयोग हप्तामा कम्तिमा ३ पटक गर्दा लाभदायी हुन्छ । यसले तालुको छालालाई स्वस्थ राख्नुका साथै चाया र कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । योसँगै शिकाकाईको प्रयोग गर्दा प्राकृतिक रङका रुपमा कपाल कालो बनाउन मद्दत गर्छ ।

यसैगरी अमला र शिकाकाईको पाउडरलाई मनतातो पानीमा भिजाई रातभर छाडेर बिहान प्रयोग गर्दा वा अमलाको जुस निकाली तालु र कपालमा प्रयोग गर्दा पनि उपयोगी हुन्छ ।

३. नीम

एक मुठी नीम पत्ता २ कप पानीमा १५ मिनेट जति उमाल्ने, त्यसलाई चिसो हुन दिने र कपालमा लगाउने वा सुक्खा निमको पाउडरलाई पानीमा लेदो बनाई कपालमा लगाई ३० मिनेट राखेर पखाल्ने । परम्परादेखि छालाको रोगमा नीमको प्रयोग गरिँदै आएको छ । यसले छालाको रोग र कपाल झर्ने समस्याको उपचार मात्र गर्दैन, तालुमा रक्त सञ्चार सुधार गरी कपालका जराहरु बलियो बनाउने र मरेका जराको ठाउँमा नयाँ जरा उमारी कपालको वृद्धि गर्छ ।

चाया र जुम्राका लागि समेत नीम प्रभावकारी छ । यसले तालुको सुक्खापन, कत्ला–कत्ला निस्कने, सोरियासिस आदिका कारण जरा नास हुने समस्याको समेत समाधान गर्छ ।

४. रिठा

धेरै वर्षदेखि प्राकृतिक साबुनका रुपमा रिठाको प्रयोग हुँदै आएको थियो । केही रिठाहरु लिएर २ गिलास मनतातो पानीमा राति भिजाउने र बिहान १५ मिनेटजति उमालेर सेलाउन दिने । कपाल भिजाएपछि उक्त पानी प्रयोग गरी ५ मिनेटसम्म मसाज गर्दा फिँज आउन थाल्छ र त्यसलाई केहीबेरमा पखाल्ने । यसको निरन्तर प्रयोगले कपाल बढाउनुका साथै मोटो र कालो बनाउँछ ।

५. शिकाकाई

शिकाकाईको ६ चम्चा पाउडरमा २ गिलास पानी मिसाएर समिश्रण तयार पार्ने । कपाललाई पानीले भिजाएर उक्त समिश्रणको आधा भाग कपालमा राखी ५ मिनेटजति मसाज गर्नुपर्छ। पुनः बाँकी समिश्रण प्रयोग गर्ने, जसबाट फिँज आउन थाल्छ र केहीबेरमा पखाल्ने । यस बाहेक पाउडरलाई चियाजस्तै पकाएर समिश्रण बनाई वा तेलमा यसको पाउडर मिसाएर पनि कपालमा लगाउन सकिन्छ । शिकाकाईको प्रयोगले कपाल सफा हुने मात्र नभई यसमा भएको एन्टिअक्सिडेन्टले तालुलाई स्वस्थ राखी कपाल झर्नबाट रोक्छ । साथै यसले कपाल सुक्खा हुने, जटा पर्ने, चायाँ पर्ने आदि समस्याको समाधान गर्छ ।

६. अश्वगन्धा

अश्वगन्धाको ३ चम्चा र अमलाको ३ चम्चा पाउडरलाई ६ चम्चा पानीमा मिसाएर बाक्लो लेदो बनाई कपाल र तालुमा लगाउने र ३० मिनेटपछि पखाल्ने । साथै, अश्वगन्धा सेवन गर्न पनि सकन्छि । शरीरको कोर्टिसोल नामक हर्मोनले कपाल झार्नुका साथै कपाल वृद्धिमा समेत अवरोध गर्छ । अश्वगन्धाको समिश्रण जब तालुमा लगाइन्छ, यसले कोर्टिसोलको मात्रा घटाएर कपाल झर्ने क्रम रोक्छ । यसले तालुमा रक्त सञ्चार बढाउँछ जसकारण कपाल बढ्न थाल्छ । अश्वगन्धाले चाया हटाउन पनि सहयोग गर्छ ।

७. ब्राम्ही

ब्राम्ही पाउडर २ चम्चा, अमला पाउडर २ चम्चा, अश्वगन्धा पाउडर २ चम्चा र १÷२ कप दही मिसाएर राम्रोसँग समिश्रण तयार परी कपालको जरादेखि टुप्पोसम्म लगाई १ घन्टापछि मनतातो पानी र स्याम्पु प्रयोग गरी पखाल्ने ।

यस्तै, पानी उमालेर त्यसमा ब्राम्ही, तुलसी र नीमको पत्ता राखेर १० मिनेट जति पकाउने र रातभरि रहन दिने। बिहान यो झोल कपाल र जरामा लगाएर १५ मिनेटपछि पखाल्ने ।

ब्राम्हीले पनि कपाल बलियो बनाउँछ । कपाल बढाउन मद्दत गर्छ। कपालको जरालाई पोषण प्रदान गरी नयाँ कपाल ‘पुटिका’ वृद्धि गर्छ । यसको निरन्तर प्रयोगले केश पुटिकालाई ढाकेर झर्नबाट रोकी कपाल मोटो, कालो र चिल्लो बनाउँछ । यो चाया घटाउन र कपाल चिलाउने समस्याबाट छुटकारा दिलाउन पनि प्रभावकारी मानिन्छ ।

८. जटामसी

आफूले लगाउने तेलमा जटामसीकोे जरा राखेर रातभर छोडिदिने, त्यसो गर्दा त्यो तेलमा जटामसीको तेलसमेत मिसिएर रातो रङ देखिन्छ । त्यो समिश्रण तेललाई कपालको जरादेखि टुप्पोसम्म लगाएर ३० मिनेटपछि पानीले पखाल्ने । जटामसी सेवन गर्दा पनि फाइदाजनक हुन्छ ।

जटामसीले रक्त शुद्धिकरण गर्दै रक्तसञ्चार वृद्धि गर्छ । जसकारण तालुको छालामा पोषणको राम्रो प्रबन्ध मिल्छ । जसले कपाल बलियो बनाउनुका साथै नयाँ कपाल उमार्न मद्दत पु¥याउँछ ।

९. मेथी

२ चम्चा मेथीलाई भुटेर मसिनो हुनेगरी पिस्ने, त्यसमा ३–४ चम्चा पानी राखेर बाक्लो लेदो बनाएर कपाल र तालुमा लगाई २० मिनेटपछि मनतातो पानीले पखाल्ने । घरमा प्रायः प्रयोग हुने मेथी कपाल झर्ने समस्याका लागि प्रभावकारी मानिन्छ । त्यस्तै, चाया र तालुको छालाको विकारमा समेत फाइदा पुर्‍याउँछ ।

१०. घ्युकुमारी

धेरै रोगको उपचारमा घ्युकुमारी प्रभावकारी मानिन्छ । यो सर्वसुलभ भएकाले सजिलै प्रयोग गर्न सकिन्छ । यसले कपाल झर्न रोक्ने, तालु स्वस्थ राख्ने र कपाल बढाउने काम गर्छ । घ्युकुमारीको डाँठभित्र रहेको गुदी ६–७ चम्चा लिएर त्यसमा ३ चम्चा नरिवलको तेल र २ चम्चा मह मिसाएर तालु र कपालमा लगाई ३० मिनेटपछि स्याम्पु लगाएर मनतातो पानीले पखाल्नुपर्छ ।

११. आयुर्वेद तेलको शिरोधारा वा मसाज

आयुर्वेदको शिरोधरा पद्दति कपाल झर्ने रोगमा एकदमै प्रभावकारी मानिन्छ । आयुर्वेद सेवा केन्द्रहरुमा पुगेर शिरोधरा सेवा लिन सकिन्छ । यदि, शिरोधरा लिन अस्पताल र केन्द्रहरुमा जान नसकिएमा घरमै समेत केही तेलको प्रयोग गरी मसाज गर्न सकिन्छ । तर, यो उपाय शिरोधाराजस्तो प्रभावकारी हुँदैन ।

घरमै प्रयोग गर्ने उपायः नरिवल तेल, महाभृंगराज तेल, अमला तेल, सिसम बिज तेल, बदाम तेल वा ब्राम्ही तेलमध्ये कुनै १ तेल वा समिश्रणको ३–५ चम्चा लिएर मनतातो बनाएर कपालको जरामा १५ मिनेटजति मसाज गर्ने र ३० मिनेट त्यत्तिकै छाडिदिने र पछि स्याम्पु लगाई मनतातो पानीले पखाल्ने ।

१२. पित्त दोष शमन

पित्त दोषलाई सन्तुलनमा राख्न र यस दोषलाई थप बढ्न शमन चिकित्सा आवश्यक छ । अश्वगन्धा, घ्युकुमारी, अमला लगायतका जडीबुटी र चिकित्सकको सल्लाह अनुरुप विभिन्न औषधयोग सेवनले पित्त दोष शमन भई कपाल झर्ने समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ ।

अन्य साधारण उपाय

१३. भिजेको बेलामा कपाल कोर्ने गर्नाले रौँ झर्ने र भाँचिने समस्या बढी हुन्छ, त्यसैले भिजेको बेला कपाल कोर्नु हुँदैन।

१४. अनिद्रा पनि कपाल झर्ने समस्याको एक कारण भएकाले रातमा कम्तिमा ६–८ घन्टा निदाउने । कहिले ढिलो कहिले चाँडो नगरी, सुत्ने समय सकेसम्म समान बनाउने।

१५. धेरै पानी खाने, स्वस्थ आहार सेवन गर्ने, पेट सफा राख्ने, र धुलोधुवाँबाट कपाललाई जोगाउने।

१६. अचेल धेरैले मोटरसाइकल प्रयोग गर्छन् । हेल्मेट लगाउँदा पसिनाले कपाल झर्ने समस्या बढ्न सक्छ । त्यसैले गुम्म नहुने खालका, हावा प्रवेश र निकास हुनेखालका हेल्मेट प्रयोग गर्ने । धेरै पसिना आउनेले सुतीको कपडाले कपाल ढाकेर हेल्मेट लगाउने।

१७. सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको सेवनबाट सकभर टाढा बस्ने।

१८. मुलेठी र दूधको वा मरिच र कागतीको बिजको पेस्ट बनाएर कपाल झरेको ठाउँमा लगाउँदा नयाँ रौं उम्रिन थाल्छ।

१९. दैनिक रुपमा सलाद, सागसब्जी धेरैभन्दा धेरै खाने।

२०. तनाव, चिन्ता आदिको उचित व्यवस्थापन गर्ने।

२१. ध्यान, योग आदि गर्ने ।

Previous Post

मुटु रोग तथा उच्च रक्तचाप रोकथाममा उपयोगी नरिवल तेल:

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० चैत ७ गते बुधवार , हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८० चैत ७ गते बुधवार , हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.