HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यस्तो छ कब्जियतको घरेलु उपचार,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कब्जियत एक प्रकारको पाचन प्रणलीको रोग हो जसमा दिशा राम्ररी खुलेर नहुनु, नियमित रुपमा दिशा नहुनु, केही दिन बिराएर मात्र दिशा हुनु, दिशा साह्रो हुनु तथा गोटा पर्नु, पेट भारी हुनु, जिउमा आलस्यता आउनु जस्ता लक्षणहरु देखा पर्छन । यो सामान्य रोग भयतापनी ठिक नगर्ने हो भने विस्तारै गम्भिर रोगहरु जन्माउन सक्छ । धेरैले भोगिरहेको समस्या हो, कब्जियत । कतिपय अवस्थामा यो क्षणिक पनि हुनसक्छ । तर, खानपान र जीवनशैलीमा परिवर्तन गरिएन भने कब्जियतले गंभिर समस्या निम्त्याउन सक्छ ।

यसको भित्रि कारणलाई बुझ्ने हो भने, धेरैजसो अवस्थामा आन्द्राले धेरै पानी सोसेर सुख्खापन बढेको पाईन्छ । जब हामिले खाएको खानेकुरा विस्तारै मात्रामा आन्द्रामा सर्दै जान्छ, आन्द्रामा पानी धेरै सोसिन्छ । त्यसले गर्दा दिशा सुख्खा र साह्रो हुन्छ ।

खान नहुने कुराहरु

कब्जियतको सुरुको क्षणबाटै औषधी तथा चुर्ण सेवन गर्नु हुंदैन । यसबाट तुरुन्तै दिशा खुल्ने भएतापनी दिर्घकालिन रुपमा निको नहुन सक्छ । त्यसकारण यस रोगलाई निको पार्न हाम्रो जिबनशैलि परिवर्तन तथा सुधार गर्नुपर्दछ ।

बढि चिल्लो, सडाएका तथा पिरो अचारहरु खानु हुदैन ।
धेरै माछा, मासु, अण्डा खानु पनी राम्रो होईन ।
रेशा नभएका तरकारीहरु जस्तै आलु, पिंडालु आदि पनी धेरै खानु हुदैन ।
फलफूलमा केरा, हल्का कांचो खालको अम्बा, गेडा सहितको अनार र तरकारीमा करेलाले झन कब्जियत बढाउंदछ ।
गरम मसालाहरुको प्रयोग जस्तै अदुवा, लसुन, दालचिनी आदिको प्रयोग नगर्ने वा अत्यन्तै कम गर्ने ।
जांड, रक्सी, चुरोट, खैनि आदिको प्रयोग नगर्ने ।
मैदाबाट बनेका खानेकुराहरु केक, पाउरोटी, चाउचाउ, चाउमिन, विस्कुट आदि नखाने वा कम खाने ।
खान हुने कुराहरु

कांचो सलाद हरु जस्तै मुला, गाजर आदिको बढि सेवन गर्ने ।
कब्जियतबाट पिडित मान्छेले वा अन्य वयस्क मान्छेले पनी जाडोमा २/३ लिटर र गर्मिमा ३/४ लिटर पानी पिउनु जरुरी छ ।
हरियो सागपात र तरकारी धेरै खाने ।
गहुंको चोकर सहितको पिठोको खानेकुरा, गहुं वा मकैको च्यांख्ला लाई भातको साटो खाने ।
टुसा उमारेको कांचो गेडागुडी, भुटेको वा पोलेको वा उसिनेको मकै, उसिनेको तरकारी, रसिला फलफूल जस्तै : सुन्तला, स्याउ, राम्ररी पाकेको अम्बा, मेवा, नास्पाती आदिलाई खाजा वा पूर्ण खानाको रुपमा बढि प्रयोग गर्ने ।
घरेलु उपचार

खाना खानुभन्दा १/२ घण्टा पहिले नै १/२ गिलास पानी पिउने ।
विहान विहान संधै १/२ गिलास मनतातो पानी पिउने ।
विहानको समयमा ३/४ किलोमिटर जति मर्निङ वाक गर्ने ।
दिनको २ पल्ट विहान बेलुका मात्रै ट्वाईलेटमा जाने बानि बसाल्ने ।
कहिलेकाहीं कब्जियत बढेमा त्रिफला मनतातो पानीमा मिसाएर खाने ।
दिशा लाग्दा रोकेर नबस्ने ।
प्रशस्त मात्रामा हरियो सागसब्जी तथा रेसादार फलफूल खाने ।
नियमित व्यायाम, योग, आसन, प्राणायाम, ध्यान गर्ने ।

Previous Post

सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Next Post

गाँजर कुन कुन रोगको लागि लाभदायक हुन्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

गाँजर कुन कुन रोगको लागि लाभदायक हुन्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.